प्रधानमन्त्रीले आज साँझ छ बजे राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै

७ मंसिर २०६९, बिहीबार १४:२८ मा प्रकाशित

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले आज शाँझ छ बजे राष्ट्रको नाममा विशेष सम्बोधन गर्दैछन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट गरिने विशेष सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीका सहयोगी विश्वदिप पाण्डेका अनुसार प्रधानमन्त्रीले साँझ छ बजे प्रधानमन्त्री कार्यालयबाट गर्ने छन् ।
स्रोतका अनुसार सम्बोधन राष्ट्रिय सहमतिका लागि सरकारबाट भएको प्रयास, बजेट तथा राजनीति निकासका मुद्धामा केन्द्रीत रहेको बुझिएको छ । संविधानसभाको विघटन हुने बेला उनले घोषणा गरेको निर्वाचन तथा वृहत शान्ति सम्झौता भएको ६ वर्ष पूरा भएको तिथी आज परेको अवसर पारेर उनले सम्बोधन गर्न लागेका हुन् । यसैगरी राष्ट्रिय सहमति निर्माण गरेर  आगामी बैशाखमा संविधानसभाको निर्वाचनका लागि वातावरण बनाउन आफ्नो सम्बोधन मार्फत सबैमा आह्वान गर्ने पनि बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्रीको सम्बोधन अगाडि सत्तारुढ प्रमुख घटक एमाओवादी र मधेसी मोर्चाको बैठक बालुवाटारमा बसेको छ । त्यसलगत्तै २ बजे संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बोलाइएको छ । अपरान्ह ४ बजे मन्त्रिपिरषद्को बैठक पनि बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

आजको प्रमुख समाचार