प्रधानमन्त्रीको महत्वपूर्ण सम्बोधन आउने शंकेत, निकासका लागि एमाओवादीले गम्भीर पहल गर्दै

७ मंसिर २०६९, बिहीबार १२:०९ मा प्रकाशित

काठमाडौं, ७ मंसिर । राजनीतिक निकासका लागि एमाओवादीले गम्भीर पहल थाल्ने भएको छ ।  आज बिहान बसेको एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो । स्रोतका अनुसार बैठकमा सहभागि प्रधानमन्त्री भट्टराईले यसका लागि आफुले पदबाट राजीनामा दिन तयार गरेको जानकारी गराएका थिए ।
बैठकपछि माओवादी नेता एवं अर्थमन्त्री वर्षमान पुन अनन्तले आफुहरुले राष्ट्रिय निकासका लागि गम्भीर पहल थाल्ने बताए । प्रधानमन्त्रीको राजीनामा आउनेतर्फ संकेत गर्दै अनन्तले ठूलो दलको हैसियतमा वातावरण बनाउने गरी आजै केही निर्णय लिने जानकारी पनि दिए ।
‘ठूलो दलको हैसियतमा वातावरण बनाउनका लागि आजै स्टेप चाल्ने निर्णय भएको छ’, उनले भने, ‘त्यसका लागि आजै गठबन्धन र मधेसी मोर्चाका नेतासंग छलफल गरिनेछ ।’
यसैबीच अहिले मधेशी मोर्चा र एकीकृत नेकपा माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक वैठक बसेको छ । भने आजै माओवादीले संघीय लोकतान्त्रिक गठवन्धनसँग पनि छलफल गर्दैछ। बजेटमा प्रतिपक्षीले विरोध जनाउँदै निर्वाचनप्रति पनि असहमति जनाएपछि नयाँ धारणा तय गर्न बैठक बसेको हो।
दिउँसो दुई बजे संघीय लोकतान्त्रिक गठवन्धनको बैठक बस्ने जानकारी प्रधानमन्त्री बाबुराम भट्टराईका सहयोगी विश्‍वद्वीप पाण्डेले जानकारी दिए। दिउँसो दुईबजे सत्ता गठबन्धन र माओवादीको छलफल पछि दिउँसो तीन बजे मन्त्रिपरिषद बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार