प्रेम धोका कि स्वार्थ -एस. के. सुवेदी

१० चैत्र २०६८, शुक्रबार १९:१८ मा प्रकाशित

कम टु मि इन माई डिम एण्ड बाइ डे आई स्याल वी वेल अगेनू

आज भन्दा पांच वर्ष अगाडि उसले मलाई लेखेको पहिलो पत्रको सरुवातको हो यो । यिनै भावनात्वक कविता का हरफहरु राखेर सूरु गएिको उक्त पत्रमा उसले आफ्ना मनका सारा प्रेम भावनाहरु व्यक्त गरेको थियो । त्यतिवेला उसका लागि म नै उसको जीवनको पहिलो र अन्तिम आईमाई थिएं रे जसलाई उसले अतिनै चाहान र प्रेम गर्छ रे । यसरी पत्रद्धारा प्रेम भाव व्यक्त गर्नु अघि पनि उसले मसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै किसिमले आफ्नो भावना जाहेर गर्ने प्रयास नगरेको होइन् । तर महिले उस्को त्यस्ता कृयाकलापलाई उसको अपरिपक्कता संमिुएर नजर अन्दाज गरिदिन्थें । उ मलाई एक्लो पाएको बेला मसंग बढिनै नजिकीन खोज्ने मलाई स्पर्श गर्ने प्रयास गर्ने अनि अलि रोमान्टिक भएर कुरा गर्न खोज्ने जस्ता असामान्य व्यवहार देखाउथ्यो जसले गर्दा म उसंग एक्लै हुंदा संधै डराउंथे तर पनि आफूलाई मज्वुत वनाएर उस्का त्यस्ता व्यवहारहरुलाई प्रतिकार गर्ने गरेको थिएं । उ एउटा पढेलेखेको समझदार व्यक्ति भएको हुनाले सायद उसले मेरो मनसाय बुझ्यो होला त्यसैले उसले आफ्नो इच्छा व्यक्त गर्ने रणनिती परिवर्तन गर्न थाल्यो । उसको उस्छ्रिङ्कल र अपरिपक्क व्यवहारलाई प्रतिकार गरेपछि उसले मलाई कहिल्यै त्यस्ता व्यवहार देखाएन वरु उल्टो सम्मान र सहयोगको भावना देखाउन थाल्यो । त्यस पछि उसको असल चत्रित्रमात्र मेरा सामु देखा पर्थे ।

उ एउटा विवाहित एवं व्यवहारीक अनि संवेदनशिल पुरुष थियो । पढेलेखेको र लामो समय समाज विकासमा काम गरेकोले होला उसका विचारहरु खारिएका थिए भने उसको तार्किक शक्ति प्रभावशाली थियो । अनुभव र वौधिकताको कारणले होला समय र परिस्थिती अनुसार आफूलाई तरुन्तै परिवर्तन गर्न सक्ने क्षमता थियो उसमा । आफ्नो तार्किक शक्तिले जस्तालाई पनि तुरुन्तै प्रभाव पार्न सक्ने खुवी भएको व्यक्ति थियो उ । आफ्नो विचार मिल्लेसंग वादविवाद र तर्क वितर्क गर्न पनि रुचाउंथ्यो । मप्रति उसको वद्िलंदो व्यवहारका साथ साथै उ मसंग आफ्ना विचारहरु पनि आदान प्रदान गर्न थालि सकेको थियो । उ मान्छे अलि खरो भएता पनि मलाई पनि उसको विचार उसका तर्क उसको सादगी अनि उसको इमानदारिता सारै मन पथ्र्यो । उ अरुलाई सहयोग र सुझाव दिन असाध्यै रुचाउंथ्यो । उसलाई म एउटा शिक्षित सुसिल तथा मानविय संवेदना भएको व्यक्तिको रुपमा आदर गर्थें । उसका प्रगतिशिल तथा बामपन्थी राजनैतिक सोचलाई सम्मान गर्थें । मलाई उसका साना तिना कुरा पनि असाध्यै मन पथ्र्यो । यसरी छलफल र कुराकानीका क्रममा उसले आफ्नो व्यक्तिगत तथा पारिवारीक सवैकुरा मसंग गर्ने गथ्यो । निरन्तर गफगाफ र विचारको आदान प्रदानले एक अर्कालाई अझ नजिकबाट चिन्ने र विश्वास गर्ने वातारण सृजना भयो तर पनि महिले उसलाई प्रेमिको रुपमा हेरेको थिइन् उ मेरो लागि केवल एउटा परिचित व्यक्तिमात्र थियो । तर उ भने मसंग संम्वन्ध वढाउने प्रयत्य गरीनै रहेको थियो । म त्यतिवेला मानसिक रुपले उसगं प्रेम गर्न तयार थिइन् । मेरा आफ्नै अनगिन्ती दुखेसो र पारिवारीक तनावले वैराज्ञ भएर शान्तिको खोजीमा हिडि रहेको थिएं । हुन त उसंग कुरा गर्दा उसको साथमा हुदां मलाई पनि आनन्द लाग्न थालिसकेको थियो तर उसलाई विश्वास गर्न डर लाग्थ्यो सोच्थें कतै उसले मेरा भावना छताछुल्ल त पार्दैन भनेर किनकी उ एउटा विवाहित पुरुष थियो ।

उसको प्रेम प्रस्ताव सहितको पहिलो पत्र यति कलात्मकढंगबाट लेखिएको थियो कि त्यो पढ्ने जो कोहि पनि उसको प्रेममा पागल हुन सक्थ्यो । उ सहित्यमा उच्च शिक्षा हािसंल गरेको व्यक्ति भएर होला उस्को लेखाई निकै स्तरीय र प्रभावकारी हुने गथ्र्यो । उसले निरन्तर मलाई पत्र लेख्न थाल्यो । मलाई सहयोग र आफ्नो पन देखाउन थाल्यो । म विसन्चो भएको वेला हेरविचार गर्ने मैले खाए नखाएको चासो गर्ने अनि मेरा हरेक कुरामा साथ िदंदै मलाई प्रोत्साहन र पे्ररणा दिने गथ्र्यो । उ मलाई आफ्नो जीवनको उतार चढाव आफ्नो श्रीमतिसंगको असन्तुष्ठि सवैकुारा वताउने गथ्र्यो यसरी उ मसंग धेरै नजिक भई सकेको थियो र मलाई पनि उसका कुरा सुन्दा धेरै माया लाग्न थालि सकेको थियो । मेरो लागि कसैसंग भावनात्मकरुपले त्यति नजिक यो पहिलो अनुभव थियो । मेरो जिन्दगिको पहिलो व्यक्ति नै उहि थियो जसलाई म यति धेरै नजिक ठान्थें की मेरो लागि उ भगवान समान भयो । उसलाई मैले मेरो सवैकुरा मान्न थालि सकेको थिएं उसको अगाडि मेरा अरु सवै सम्वन्धहरु खल्लो लाग्न थालि सकेको थियो । उ बाहेक कसैलाई आफ्नो सम्झन्न थिएं । यसरीनै हाम्रा रमाईला दिनहरु करिव डेड वर्ष सम्म चलि रहे । उसंग भेट्नु अधि प्रेम वा माया भन्ने कुरा केवल सिनेमा र उपन्यासमा मात्र सिमीत हुन्छ भन्ने लाग्थ्यो तर हाम्रो प्रेम सिनेमा र उपन्यासको भन्दा निकै गहिरो र रोमान्टिक थियो । म उविना को जिन्दगी कल्पना सम्म पनि गर्न सकि रहेको थिईन । अव मलाई उविना वाच्न पनि गारो भई रहेको थियो यो कुरा मैले उसलाई पनि बताएं । उ आफ्नो श्रीमति लाई आफूसंग बोलाउने कागजी प्रकि्रयामा लागि रहेको थियो त्यसैले उ मेरा कुरा सुनेर एकछिन स्तव्ध भयो । उसको अनुहारमा चिन्ता र भय एकैसाथ देख्न सकिन्थ्यो । तर उसले उसको त्यो अनुहारको भाव लुकाउने कोसिस गर्दै मलाई सम्झाउन थाल्यो । उ आफ्नो पारिवारीक मिलनको तयारीमा व्यस्त भएर होला मेरा भावनाहरु लाई बेवास्ता गर्दै आफ्नै तर्क र कुराले मलाई भाषण दिई रहेको थियो मेरो त्यस्तो चहान गर्नु गलत हो रे हाम्रा सम्वन्ध समाजको नजरमा गलत हो रे । सायद उसको लागि हाम्रो सम्वन्ध एउटा क्षणिक शारिरीक इच्चा पूर्तिको माध्यम थियो होला तर मेरो लागि यो जीवन बाच्ने आधार थियो । दुई आत्माको मिलन ।

जति जति उसको श्रीमति आउने दिन नजिकीन थाले उति उति उ म बाट टाढा टाढा हुन थाल्यो । व्यस्तताको वाहान वनाएर उ मलाई नभेट्ने मौका छोपि रहन्थ्यो । उसको श्रीमतिसंगको उसको मिलन पछि उसले मलाई पूर्ण रुपले तिरस्कार गर्न थाल्यो । सायद उसलाई अव हाम्रो सम्वन्ध बोझ लाग्न थालि सकेको थियो । तर पनि म उसलाई गुमाउन चाहदिन थिएं । म आफैं उसलाई सम्पर्क गरीरहन्थें रुएर तड्पेर दयाको भिख माग्थें मसंग भेट्न मसंग कुरा गर्न आग्रह गर्थें आंशुका धारा संगसंगै म मेरा मनका बेदना सुनाउन खोज्थें । मेरो आंसुले त उसलाई के पगाल्थ्यो खालि मैले आवेशमा आएर उसको श्रीमतिलाई हाम्रो सम्वन्धको बारेमा भन्देला र उसको खुसहाल पारिवारीक जिवन तहस नहस होला कि भन्ने डरले कुनै बेला मसंग भेट्न न त आउथ्यो तर आए पनि म संग अनावश्यक रिसाउथ्यों झगडा गथ्र्यो मलाई गालि गथ्र्यो । एकदिन त उसले साफ साफ भन्यो तेरो आंशुले मलाई कुनै असर गर्दैन यदि म विना बाच्न सक्दिनस भने मलाई संधैको लागि छोड देू उसका यस्ता वचनले मन छिया छिया भयो । उसको परिवर्तित व्यवहार देखेर सारै चित्त दुख्थ्यो तर पनि मनलाई सम्हाल्थें र आफूले आफैंलाई सान्त्वना िदंदै साच्ने गर्थें उसले जे जस्तो व्यवहार गरे पनि कमसेकम उसले मलाई माया त गर्छ । त्यहि झिनो आशाका साथ म उसलाई हरेक दिन सपर्क गर्न खोज्थें तर उ सधैं मलाई इग्नोर गथ्र्यो । अचेल उसलाई मसंग भेट्नै मन लाग्दैन थियो तर पनि म जवरस्ती अनेक वाहानमा उसलाई बोलाउने गर्थें । कहिले काहीं उसले मेरोबारेमा पनि सोचि दियोस भन्ने चाहन्थे मेरा पिढा मेरो आंसु मेरो एक्लो पनको तनावालाई बुझिदेओस भन्ने चाहन्थें र उसंग भेटेको बेला आफ्ना मनका कुरा पोख्ने कोसिस गर्थें तर उसलाई अचेल यस्ता भावनान्मक कुराहरु वाईयात लाग्न थालि सकेका थिए । उ पुंजिवादी एवं सामराज्यबादी समाजको दास भई सकेको थियो । उ आफ्नो नयां नयां ठूला ठूला घर नयां गाडि तथा श्रीमतिका भौतिक इच्छा पूर्तिमा तल्लिन थियो । उभित्रको मानविय सम्वेदना सायद मरिसकेको थियो त्यसैले होला अव उ मसंग पूर्ण रुपले सम्वन्ध तोड्न चाहन्थ्यो । उ आफू स्वतन्त्र रुपले आफ्नो परिवारसंग श्रीमतिको इमान्दार पति भएर आफ्नो जीवन खुशि साथ विताउन चाहन्थ्यो त्यसैले एक दिन उसले मलाई कहिल्यै नभेट्ने र कहिल्य नबोल्ने कसम खायो । उसको त्यो कसमले मेरो जीवनमा बज्रपात गर्यो । त्यति गर्दा पनि उसलाई मैले भुल्न सकिन उप्रतिको मेरो चाहान मेरो माया मेरा विश्वासमा अलिकति पनि कमि भएन र फेरि पनि उसलाई सपंर्क गर्न खोजें तर उबाट कुनै प्रतिउत्तर नआए पछि म पनि एक पल्ट सोच्न बाध्य भएं । सायद मेरो मायामा नै केहि कमि भयो होला या उसलाई पाउने स्वार्थमा उसको खुशिको पर्वाहनै गरिन कि । सायद उसलाई मेरो मायाको मेरो साथको चाहानानै थिएन कि उसको लागि हाम्रो प्रेम केवल क्षणिक थियो जसले उसलाई तनाव मात्र पो दिई रहेको थियो कि । त्यस पछि मैले निर्णय गरें म प्रेमलाई प्राप्ती होइन् त्यागको रुप दिन्छु जसले गर्दा कमसे कम उ त खुशी हुन्छ उ त सुखी हुन्छ । मेरो उ बाट टाढा हुने फैसला सुने पछि उ अत्यन्य खुशि भयो त्यति खुशि उसलाई पहिला मैले कहिल्यै देखेको थिईन् । उ अझै पनि खुशि छ उ आफ्ना भौतिक विलाशिताका सपनाहरु पूरा गर्न व्यस्त छ श्रीमतिसंगको प्रेममा आफूलाई हराई रहेको छ उनीहरुको प्रेमको निशानी यो धर्तिमा आउने क्रम जारी छ ।

म उसको जिन्दगीबाट उसको सहरबाट धेरै टाढा गईदिएं त्यस पछि हाम्रो कहिल्यै भेट भएन । तर जहां भए पनि म संधै उसैको भएर जिवन विताउने छु । उसैकोबारेमा सोचि रहने छु । उनै मेरो जीवनको पहिलो र अन्तिम पूरुष हुने छ ।

कुनै बेला एक्लै वसेको बेला सोच्ने गर्छु त्यो मेरो छ वर्ष अगाडिको महान पूरुष एउटा आदर्श पूरुष जसमा अथाह मानविय संवेदना प्रेमका अविरल भाव प्रगतिशील सोच सहयोग र सद्भावना अनि अनगिन्ती मायालु शव्दहरु थिए । जो अतिनै साधारण तर पढेलेखेको सुसिल व्यक्ति थियो संधै सामाजिक न्यायको कुरा गथ्र्यो र अन्यायको विरुध्व लड्नु पर्छ भन्थ्यो । उ कसरी आज स्वार्थी र महत्वकांक्षी भयो । कसरी यस्तो विवेकहिन र निस्ठुरी भयो । कतै उसलाई पनि ठूला शहरमा फैलिएको विलाशिता प्रतिस्पर्दा महत्वकांक्षा दमन स्वार्थ र इश्र्या रुपी रोगले त समातेन तत्र यस्तो समाजमा प्रतिश्ठीत तथा ज्ञानी पुरुषले एउटा निर्दोस आईमाईको भावनासंग खेलबाड गरेर उसंग झुटो मायाको नाटक गरेर कसरी निदोर्ष आईमाईलाई मानसिक यातना दिन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म

बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ । २३ महिनाको सो गाईको बाछीको उचाई केवल

धादिङ । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ