आउँदैछ टाउकामा बाँध्ने कम्प्युटर

७ मंसिर २०६९, बिहीबार १२:०१ मा प्रकाशित

एजेन्सी । एक यस्तो कम्प्युटरको कल्पना गर्नुस् जो तपाईंको टेबलमाथि रहेको कुनै सानो डिब्बा आकारको पनि छैन र त्यसलाई चलाउन माउस र किबोर्ड समेत आवश्यक पर्दैन । बरु त्यसलाई तपाईं आफ्नो शिरमा बााध्न सक्नुहुन्छ र यसलाई आवाजकै भरमा सञ्चालित गर्न सक्नुहुन्छ ।
तर, अब यो कल्पनामा होइन यथार्थमै परिणत भएको छ । यस प्रकारको कम्प्युटर आगामी वर्षसम्मा त बजारमा बिक्रीका लागिसमेत आइसक्ने छ ।
एचसी–१ नाम दिइएको र मोटोरोला सोल्युसन्स कम्पनीले निर्माण गरेको यो कम्प्युटर झट्ट हेर्दा ठूलो साइजको टेलिफोनको हेडसेटजस्तो देखिन्छ । यसलाई टाउकामा बाँधेर प्रयोग गर्न सकिनेछ । साइकलको हेलमेट र ग्यास मास्कजस्ता देखिने कम्प्युटर पनि सो कम्पनीले निर्माण गर्ने बताइएको छ ।
उक्त कम्प्युटर टाउकामा बाँधिए पनि अनुहार सामुन्ने एक स्क्रनि रहन्छ जसमा हेर्नका लागि शीरलाई केही झुकाउनु पर्ने हुन्छ । त्यसले तपाईंले मनमा चाहेको कुरा बुझ्छ अर्थात् तपाईं उक्त उपकरणलाई आदेश दिन सक्नुहुन्छ जसबाट त्यसले फाईल खोल्ने, इमेल चेक गर्ने, क्यामेराको जुम–इन गर्नेआदि काम गर्छ । खासगरी दूरदराजमा काम गर्ने इञ्जिनियर, निर्माण क्षेत्रमा लागेका कालिडढ, वास्तुकारहरुलाई यो कम्प्युटर उपयोगी हुने बताइएको छ ।
उक्त कम्प्युटरको बजार ठूलो नहुने अनुमान गर्दै निर्माण कम्पनीले त्यसको मूल्य तीनदेखि चार हजार डलरसम्म पर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै

काठमाडौँ । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने

काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट)