कैलालीमा कांग्रेस नेता भट्टको हत्या

७ मंसिर २०६९, बिहीबार ११:२३ मा प्रकाशित

कैलाली, ७ मंसिर । कैलाली जिल्लाको मालाखेती गाविसका पूर्वअध्यक्ष एवं कांग्रेस नेता दीर्घराज भट्टको धारिलो हतियार प्रहार गरेर हत्या भएको छ ।
आफ्नै घरमै बसीरहेका ५५ वर्षीय पूर्वअध्यक्ष भट्टलाई बुधबार अज्ञात समूहले हत्या गरेको प्रहरी निरीक्षक सुदामसिंह रावलले जानकारी दिए ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुका बारेमा अनुसन्धान शुरु गरिएको निरीक्षक रावलले बताए । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । कांग्रेस नेता भट्टको हत्या भएको खबर थाहापाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।