भृकुटीमण्डमा दशौं हस्तकला व्यापारमेला सुरु

७ मंसिर २०६९, बिहीबार ११:१८ मा प्रकाशित

काठमाडौं, ७ मंसिर । काठमाडौंको भृकुटीमण्डमा १० औं हस्तकला व्यापारमेला तथा आठौं प्रतियोगितात्मक हस्ताकला प्रदर्शनी आजबाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने मेलामा पस्मिना, उनी, अल्लो, बाँस, बेत, निगालो, ढाका, माटोका सामान, काष्ठकला, थाङ्का, छाला, चाँदीका गरगहना लगायतका उत्पादन प्रदर्शनी तथा विक्रीमा राखिएको छ ।
आयोजक नेपाल हस्तकला महासंघका अनुसार मेलामा ४० भन्दा धेरै थरीका उत्पादन रहनेछन् । लघु तथा घरेलु उद्योगलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको मेलामा दुई सय स्टल रहनेछन् ।
मेलामा जीवन्त प्रदर्शनी, प्याभिलियन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम तथा हस्तकलाका विषयमा गोष्ठी समेत गर्ने तयारी छ । मेलामा काष्ठकला शीपको प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगितात्मक काष्ठकला प्रदर्शनीको समेत आयोजना गरिने महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार