एक महिनामै ३५ हजार नेपाली युवायुवति रोजगारीका नाममा बिदेसिए

७ मंसिर २०६९, बिहीबार ११:१३ मा प्रकाशित

काठमाडौं, ७ मंसिर । वैदेशिक रोजगारीको नाममा एक महिनामै ३५ हजार  नेपाली युवायुवति बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत कात्तिकमा मात्र यति धेरै संख्यामा नेपाली कामदार विदेशिएका हुन् । विभागका अनुसार २५ हजार ६ सय १७ जनाले कात्तिकमा मात्र अन्तिम स्वीकृति लिएका छन भने नौ हजार तीन सय ७३ जना पुनः श्रम स्वीकृति लिएर विदेश गएका छन् । विभागका अनुसार कात्तिकमा रोजगारीका लागि बिदेसिनेको संख्या गत आवको सोही अवधिभन्दा ४५ दशमलव ७० प्रतिशतले कमी आएको छ । गत आवको कात्तिकमा ४७ हजार एक सय ७६ जना रोजगारीका लागि बिदेसिएको विभागले जनाएको छ । चालु आवमा मात्र रोजगारीका लागि विभागबाट अन्तिम स्वीकृति लिनेको संख्या एक लाख २४ हजार तीन सय ९४ जना पुगेको विभागले जनाएको छ । यद्यपि यो संख्या गत आवको सोही अवधिका तुलनामा भने २० दशमलव ६३ प्रतिशतले कमी हो । गत आवको कात्तिक मसान्तसम्म एक लाख ५६ हजार सात सय ३० जना रोजगारीका लागि बिदेसिएका थिए ।  कात्तिमा संस्थागत रूपमा २२ हजार आठ सय ४४ जना रोजगारीमा गएका छन् । यसमा २१ हजार चार सय ३१ पुरुष र एक हजार चार सय १३ महिला छन् । साथै, व्यक्तिगत रूपमा भने ६ सय ७० जना मात्र विदेश गएको विभागले जनाएको छ । जस्मा तीन सय ४४ पुरुष र तीन सय २६ महिला कामदार छन् ।  व्यक्तिगत रूपमा विदेश गए पनि सरकारले तोकेको मापदण्ड पूरा गरी प्रामाणीकरण भएर बिदेसिनेमा एक हजार आठ सय ८२ पुरुष र दुई सय २१ महिला छन् । व्यक्तिगत रूपमा विदेश जाँदा ठगी बढ्दै गएको तथा कामदार समस्यामा परेपछि सरकारले सम्बन्धित मुलुकको दूतावासमा प्रामाणीकरण गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार प्रमाणित भएर बिदेसिनेको संख्या दुई हजार एक सय तीनजना रहेको विभागले जनाएको हो । चालु आर्थिक वर्षको कात्तिकमा सबैभन्दा बढी मानिस मलेसिया गएका छन् । सो महिना आठ हजार ६ सय १९ जना मलेसिया गएका छन् । यसमा आठ हजार दुई सय ५३ पुरुष र तीन सय ६६ महिला छन् । यस्तै, सो महिना युएई जानेको संख्या चार हजार ६ सय ८७ जना छ । साथै सो महिना साउदीमा चार हजार दुई सय ५२ र कतार जानेको संख्या चार हजार दुई सय ४२ जना रहेको विभागले जनाएको छ । विभागका अनुसार चालु आवको कात्तिक मसान्तसम्म रोजगारीका लागि मलेसिया जानेको संख्या ४९ हजार दुई सय ५४, साउदी २७ हजार एक सय ३७, कतार २१ हजार दुई सय २५ र युएई १५ हजार सात सय ६८ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको