अशोक राइको संघीय समाजवादी पार्टी आज घोषणा हुदै

७ मंसिर २०६९, बिहीबार १०:०७ मा प्रकाशित

काठमाडौ, ७ मंसिर । बामपंथ कि संघिय समाजवाद भन्ने मुद्दामा अल्झिएर नयाँ पार्टी गठन गर्न नसकेका पुर्व एमाले नेता अशोक राईको नेतृत्वमा बामपन्थी बिचारलाई जिवित राख्दै ‘संघीय समाजवादी पार्टी’ आज अपरान्ह घोषणा हुने भएको छ । सम्पूर्ण जनजाति, मधेसी, मुसलमान र उत्पीडित समुदाय समेटेर राष्ट्रिय पार्टी बनाउने तयारीका साथ् माउ पार्टी कांग्रेसबाट अलग भएकाकुमार राई र नेपालमा जातिय विभाजनका सुत्रधार चैतन्य सुब्बा र कृष्ण भट्टचनलगायतको समूह आज अपरान्ह घोषणा हुने ‘संघीय समाजवादी पार्टीमा सहभागी नहुने भएका छन् । नवगठित पार्टीका नेता अजम्बर कांगवांगका अनुसार बिहीबार राजधानीमा कार्यक्रम गरी घोषणा गरिने ‘संघीय समाजवादी पार्टी नेपाल’ को अध्यक्ष अशोक राई रहनेछन् भने न्युनतम १० जनाको कार्यसमिति आज घोषणा हुनेछ । अन्य पदहरूको टुंगो लाग्न बाँकी रहे पनि सम्पूरण अधिकार अध्यक्ष अशोक राईलाई प्रदान गरिएको छ । पार्टीमा उपाध्यक्ष, महासचिव, सचिव र सहसचिवसहित बहुपदीय व्यवस्था गरिने भएको छ । नयाँ पार्टीको तदर्थ समितिमा सय जना रहनेछन् र आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखिएको छ । नवगठित पार्टीका नेता अजम्बर कांगवांगले दिएको जानकारी अनुसार ‘वर्गीय मुक्तिका लागि समाजवाद, जातीय मुक्तिका लागि संघीयता’ भन्ने मूल नारा सहित पार्टीको घोषणापत्र, झन्डा, विधान र नारा आजै सार्वजनिक गरिने छ । पार्टीको झन्डा, रातो र हरियो रङमा एकतारा अंकित हुनेछ । रातो रङको प्रतीक जातीय मुक्ति र हरियो रङको प्रतीक संघीयता र विविधता हुनेछ । आज घोषणा गरिने राष्ट्रिय पार्टीमा जनजाति नेताहरूबीच सैद्धान्तिक मतभेद उत्पन्न भएपछि कांग्रेस छाडेका नेताहरू भने सहभागी नहुने भएका छन् । नेपालमा जातिय विभाजनका सुत्रधार मध्यका एक चैतन्य सुब्बाका अनुसार एमाले छाडेका नेताहरूको हठका कारण वैकल्पिक राजनीतिक शक्ति बनाउने चाहना अधुरै रहेको र त्यसमा सहभागी हुन नसक्ने बताए । बिहीबार घोषणा हुने ‘संघीय समाजवादी पार्टी’ मा एमाले छाडेका राईसहित श्रेष्ठ, मुहम्मद रिजवान अन्सारी, वीरबहादुर लामा, अजम्बर काङमाङ, रकम चेम्जोङ, विजय सुब्बा, गोपाल ठाकुर, हेमराज राईलगायत छन् । काँग्रेस छोडेका पूर्वसांसद दुर्गामणि देवानसहित नोरसाङ शेर्पा, युद्ध राई, टेकबहादुर चेपाङ, अञ्चल राईलगायत नेकपा एकीकृतकी पूर्वसभासद राधा तिमिल्सिनासहित केन्द्रीय कमिटीका ५ जना पनि ‘संघीय समाजवादी पार्टीमा सहभागी हुने नवगठित पार्टीका नेता अजम्बर कांगवांगले जानकरी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार