चिच्याएर वर माग्नुपर्ने धार्मिकस्थलमा मेलाको तयारी

७ मंसिर २०६९, बिहीबार ०९:४२ मा प्रकाशित

चन्द्रकान्त खनाल / रुपन्देही, ७ मंसिर । रातीमा मात्र मेला लाग्ने नेपालकै एक मात्र धार्मिक स्थल पाल्पाको सत्यवती तालमा यस वर्ष पनि मेला लाग्ने भएको छ । पाल्पाको कोलडाँडा गाविसको वडा नम्बर १ र ४ को बीच जंगलमा रहेको सत्यवती तालमा विगतका वर्षमा जस्तै यस बर्ष पनि र्कातिक पूर्णिमाको राती मेला लाग्न लागेको हो ।
मेलाका लागि तयारी तिब्र पारिएको, कात्तिक महिनामा लाग्ने मेला यसवर्ष मलमास परेकाले मंसिर १२ र १३ गते हुन लागेको सत्यवती ताल संरक्षण समितिका अध्यक्ष सुनवीर गाहाले बताए ।
विशेषगरि तिहारपछिको पुर्णिमामा लाग्ने मेला भर्न जानेहरु अध्यारो भएपछि तालमा पुग्ने र विहान उज्यालो नहँुदै फकने र्गदछन् । सत्यवती माताले कानले नसुन्ने धार्मिक विश्वासका कारण रातीमा चिच्याएर वर माग्ने चलन रहेको छ । त्यहाँ पुग्ने हजारौं भक्तजनहरुले एकैपटक चिच्चाएर वर माग्दा मध्यरातमा पनि वातावरण रमणीय बन्ने गर्दछ । जंगलको बीचमा रहेको तालछेउमा लाग्ने मेलामा बाँसको लिङ्गोमा पुजा गरेर तीन पटक घुम्दै चिच्चाएर बर माग्ने चलन छ ।
सम्भवत चिच्चाएर वर माग्ने यो नेपालकै एक मात्र धार्मिक स्थल हो । सत्यवतीमाईले कानले नसुन्ने भएका कारण परापुर्वकाल देखि नै चिच्चाएर वर माग्ने प्रचलन रहेको स्थानीय दलबहादुर सुनारीले जानकारी दिए ।
१ हजार ४ सय मिटर उचाइमा जंगलको विचमा रहेको तालमा पछिल्लो समयमा मेला भर्न युवायुवतीको वढी सहभागिता हुने र उनीहरुले आफ्नो प्रेम सफल होस भनेर बर माग्ने गर्दछन् । धार्मिक महत्वकै कारण यहाँ पाल्पाका साथै रुपन्देही, स्याङ्गजा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाडौं लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत मेला भर्न आउने गर्दछन् । तालमा हिउँदमा पनि पानी रहनाले धार्मिक आस्था झन् बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार