जीवन फुल कि काँडा ? -इन्दिरा चोङबाङ

१० चैत्र २०६८, शुक्रबार १९:१४ मा प्रकाशित

फुलको आँखामा फुलै संसार
कांडाको आँखामा काडैं संसार

आनी छोंग्माको यो प्रसिद्ध गीत नसुन्ने प्राय कोहि छैनन होला । सरल भाकामा प्रस्तुत गरिएको यो गीतले नेपाली जनजीवनको मनोबैज्ञानिक पाटोलाई उजागर गरेको छ । जीवनलाई सार्थक बनाउने हरेक माध्यमहरुमध्ये गीत संगीत, कविता, लेख, रचना आदि विभिन्न साधनहरु हुन् । कसैले जीवनलाई फूलसंग तुलना गर्छन् त कसैले जीवनलाई काँडासंग । जीवनको परिभाषा गर्ने हरेकको आ आफ्नै तौर तरिका रहेका छन् , त्यसैले यसलाई एउटा संकुचित परिभाषाभित्र अटाउन सक्दैनौ ।

प्रसिद्द साहित्यकार झमक कुमारी घिमिरे जीवनलाई फूलसंग तुलना गर्छिन, यो परिभासाबाट जीवनलाई हेर्ने हो भने जीवनको प्रत्येक चरण जन्मनु, हुर्कनु अनि मर्नु स्वाभाविक रुपमा यी प्रक्रियाहरु फूलसंग तुलना गर्न सकिन्छ । तर यो सृष्टिको नियमलाई जो कोहिले रोक्न सक्दैन त्यसैले त हामी आएको यो शुन्दर संसार, सुखी जीवनलाई चटक्कै छाडेर जान्छौ । यो एउटा फूलमा पनि आउछ। आज ढकमक्क फुलेको फूलले सुगन्ध दिन्छ, शोभा बढाउछ तर तिनै महत्वपुर्ण चिज जब ओइलाउछ अनि महत्वहीन हुन् पुग्छ त्यस्तै त्यस्तै छ जीवन अनि मरण ।

हामीलाई यो जिन्दगि संधै छोटो लाग्छ यधपी यो छोटो अवधिमा गर्नुपर्ने क्रियाकलापहरु धेरै हुन्छन् ।जब मान्छे वृद्धा अवस्थामा पुग्छन मृत्युको ढोकाले बोलाइरहेको हुन्छा तैपनि मान्छेलाई मर्ने चाहना पटक्कै हुन्न । भोलि यो संसार कस्तो होला, कस्तो समय आउला अर्थात् अझै यो गरुला त्यो गरुला आदि कैयन इच्छाहरु कहिले पनि सकिदैनन । त्यसैले मृत्यु सैयामा पुगिसकेकाहरु पनि केहि समय बाच्न पाए हुन्थ्यो भन्ने आशामा रहेका हुन्छन् ।

जीवन जिउने क्रममा बचपन, जवान र बृद्ध अनेक समय गुजारिन्छ यिनै अन्तरालमा अनेकौ दुख सुख, हासो रोदन जस्ता अनुभूतिहरु सगलिंछन् । जीवनमा आउने हरेक उतारचाडबहरु हाम्रो बहसभन्दा बाहिरको कुरो हो, हरेक मान्छेले आफ्नो जीवन सफल होस्, भबिस्य शुन्दर होस् भन्ने कल्पना गरेका हुन्छन र सबैको जीवनप्रतिको आशा यहि हुन्छ, सुखी जीवन जिउने । चाहना हुँदैमा सबै इच्छा पुरा हुँदैन त्यसैको बाबजुद भन्नुपर्छ कतिको जीवन सफल, कतिको जीवन असफल आ आफ्नै तरिकाले जीवन बहिदिन्छ । अर्को अर्थमा भन्ने हो भने जीवनलाई सफल र असफल भनेर परिभासा गर्ने या मापन गर्ने हरेकको साधन अलग अलग हुन्छन त्यसैले अरुको जीवनको सफलता र असफलता मुल्याकन गर्ने सक्ने कडी अरुमा सायदै हुन्छ । सफल र सुखी जीवन जिउनेहरुका लागि साचिकै जीवन फुल हो भने असफल जीवन जिउनेहरुका लागि जीवन एउटा काँडा बन्न पुग्छ । यधपी यो संसारमा कोहि मान्छे सायदै हुन्छन जो हरेक तवरले पूर्ण होस्, शुखी होस् अनि खुसि होस् ।

प्रतेक मान्छेको आब्स्यक्ताहरु असिमित हुन्छन , यहि आबस्यकता पुरा गर्ने दौडमा मानिस दुखि हुन्छन् र सधै अभाबै अभावको अनुभूति गर्छन् । यो हरेक मान्छेको जीवनमा लागु हुने स्वाभाविक प्रक्रिया हो ।

अर्को महत्वपुर्ण कुरो सुख दुख भन्ने कुरो कुनै भौतिक बस्तुले प्राप्त गर्ने साधन होइन नकी यसको मापन भौतिक चिजबाट गर्न सकिन्छ । त्यसैले त कोहि मान्छेसंग भौतिक सुख सयल र अमन चयन हुँदा हुँदै पनि दुखि हुन्छन भने कोहि मान्छे भौतिक स्रोत र साधनको अभामै पनि सुखी र संतुस्ती हुन्छन । त्यसैले सुखी हुनु, दुखि हुनु जीवन जिउने एक अनुभूति हो यसलाई प्राप्त गर्ने सबै आ आफ्नै खुबी हो । त्यसैले को मान्छे कति सुखी छन् या दुखि छन् भन्ने कुरो बाहिरबाट ठ्याक परिस्थिति हेरर बताउन सकिन्न यो उसको सोच्ने क्षमता, बिधता र सीपमा भर पर्ने कुरो हुन् ।

जब मान्छे कुनै कुरोको अभावलाई लिएर छ्त्पतिन्छ अनि हरेक कुरोको असंतुतिलाई गहिरिएर लिन्छ तब उसको बेदना र दुखहरु एक पछी अर्को चुलिएर पहाड बन्छ । त्यसैले सधै दुखि बन्ने असंतोसी भएर सोच्ने मान्छेको दिमागमा सधै दुखले बास गरेको हुन्छ भने जसले सुखलाई अनुभूति गर्छ उसको बसमा सुख सधै रहन्छ । त्यसैले भोलिको बारेमा आजैदेखी चिन्ता लिने व्यक्तिहरु बढी दुखि देखिन्छन भने नकारात्मक सोचलाई लिने व्यक्तिहरु जीवनमा असफल महसुस गर्छन । यसको उल्टो जब कोहि मान्छे हरेक कुरोलाई सकरात्मक रुपमा लिन्छ, भोलि आउने सम्भावानाइ स्वाभाविक रुपमा लिन सक्छा स्वाभाविकरुपमा सुखी र खुशी हुन्छन ।

जीवनलाई सुखी र खुसीले नै सफलता दिएको हुन्छ । जब हामी खुशी हुन्छौ हामीमा एक प्रकारको हर्मोनको पैदा हुन्छ त्यसले हामीलाई सकरात्मक सोच र बिचारतिर लान्छ तर जब हामी दुखि हुन्छौ हाम्रो शरीरमा उत्पन्न भएको हर्मोनले सधै नकारात्मक सोचतिर डोर्याएको हुन्छ ।

त्यैले मनोबैज्ञानिकहरुका अनुसार मानिसको सफलता र असफलता उसको सोचाइसंग प्रत्यक्ष सम्बन्धित रहेको हुन्छ । जब हामि नराम्रो कुरो मात्र सोचिरहन्छु अरुको इर्य्स्या गर्छौ तब त्यसको असर पनि नकारात्मक परिरहेको हुन्छ परिणामस्वरूप हामी जीवनमा असफल हुन्छौ । तर जो व्यक्ति सधै खुशी हुन्छ, अरुको भलाई सोच्छ सधै उसमा सकारात्मक सोचको बिकाश हुन्छ सुखी हुन्छ र जीवनमा सफल हुन्छ ।

त्यसैले जीवन सुखी र सफल बनाउनका लागि हामी सबैले सकारात्मक सोचतिर उन्मुख हुनुपर्छ । अरुको कुभलो गर्ने तथा नकारात्मक सोचले आफुलाई हानि मात्र गर्दैन चाडै मृत्यु हुने, रोग लाग्ने र असफल हुने आदिजस्ता स्तिथिको सिर्जना हुन्छ। त्यसैले जीवनलाई हेर्ने हाम्रो आँखा सधै खुल्ला राखु, सानो भन्दा सानो कुरोले नकरात्मक परिस्थितिलाई निम्ता नदिउ तब जीवन काँडा होइन फुल बनाऊ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा