तमलोपाका जिल्ला अध्यक्षसहित सात नेताद्वारा राजिनामा

७ मंसिर २०६९, बिहीबार ०८:१७ मा प्रकाशित

चन्द्रकान्त खनाल / रुपन्देही, ७ मंसिर । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै तराई मधेस लोकतान्त्रिक पार्टी नवलपरासीका जिल्ला अध्यक्षसहित सात नेताहरुले सामुहिक राजिनामा दिएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टी नवलपरासीका अध्यक्ष सत्राजीत यादवसहित सात जना जिल्ला नेताहरुले बुधबार सामुहिक राजिनामा दिएका हुन् । राजिनामा पत्रमा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय नेताहरुको अधिनायकवादी द्वैधचरित्र लोकतान्त्रिक पद्दतिविपरितको र्कायशैली र मधेसवादी आस्था आकांक्षा एवम हितको प्रतिकुल र्कायशैलीप्रति दुख व्यक्त गर्दै आफूहरु मर्माहत समेत रहेको उल्लेख गरिएको छ । राजिनामामा भनिएको छ – ‘केही अवसरवादी प्रभावशाली केन्द्रिय पदाधिकारीहरुको यस्ता गतिविधिप्रति केन्द्रिय समिति समेत मुकर्दशक एवम मौन रहेकाले हामी जिल्ला र्काय समिति एवन पार्टीको साधारण सदस्यता समेतबाट सामुहिक राजिनामा दिन बाध्य भएका छौं । अध्यक्ष सत्राजीत यादव र जिल्ला सदस्यहरु तिलकनाथ कवरयोगी, विजयनाथ यादव, विजयकुमार जैसवाल, रामेश्वर केवट, चन्द्रिका चौधरी र रामलवट चौधरीले र्पाटीको साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार