अनुगमनको नाममा नेता, कर्मचारीको दार्जीलीङ र सिक्कीम भ्रमणमा

७ मंसिर २०६९, बिहीबार ०७:११ मा प्रकाशित

सन्तोष गौतम, म्याग्दी, ७ मंसिर । पुर्वी नेपालका विभिन्न जिल्लाहरुको सरसफाई र खानेपानीको अवस्थाका विषयमा अनुगमन गर्न गएको म्याग्दीका कर्मचारी र नेताहरुको टोलीले सरकारी रकमको दुरुपयोग गर्दै भारतको दार्जीलीङ र सिक्कीम भ्रमण गरेको छ । धनकुटा, झापा, पाँचथर र ईलामको अनुगमनका लागि मंसिर १ गते सदरमुकामबाट भ्रमणमा निस्कीएको टोली भ्रमणतालीका परिवर्तन गर्दै दार्जीलीङ र सिक्कीम पुगेको हो । फिनल्याड सरकारको सहयोगमा जिविस अन्तरगत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको बजेटबाट अनुगमनमा गएका उनीहरु पाँचथर नगई मंसिर ४ र ५ गते दार्जीलीङ र सिक्कीम भ्रमण गरेका हुन् । जिविसका योजना अनुगमन तथा प्रशासकिय अधिकृत डिल्लीराम बास्तोलाको नेतृत्वमा रहेको अनुगमन टोलीमा जिविस, परियोजनाका कर्मचारी, गाविस सचिवका साथै नागरीक समाज र जिल्ला स्थित सबै राजनितिक दलका प्रतिनीधिहरु गरि २३ जना सहभागि छन् । एक हप्ताको अनुगमनका लागि गएको टोलीमा सहभागि भएका एक जनाले भ्रमण तालीकामा समावेश नभएपनि सरकारी बजेटमै दार्जीलीङ र सिक्कीमको भ्रमण भएको बताउनुभयो । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्माले धनकुटा, पाँचथर, झापा र ईलामको सरसफाई तथा खानेपानीको अवस्थाको अनुगमन, सम्बन्धित निकायका साथै राजनितिक दलका प्रतिनिधीहरुसंग अन्तरक्रियाका लागि अनुगमनमा पठाएको बताउनुभयो । ‘दार्जीलीङ र सिक्कीम जाने भ्रमणतालीका हैन । गएको पनि जानकारी छैन्’ स्थानीय विकास अधिकारी शर्माले बुधबार भन्नुभयो । योजना अधिकृत डिल्लीराम बाँस्तोला लगायत अनुगमन टोलीमा सहभागी कर्मचारीहरुबाट प्रतिक्रिया लिन खोज्दा उहाँहरु सम्र्पकमा आउन चाहनुभएन् । पछिल्लो समय जिविस अन्तरगत राजनितिक नियुक्ति हुने समन्वय समिति र परियोजना मार्फत अनुगमनका नाममा नेता, कर्मचारीको मिलेमतोमा बजेटको दुरुपयोग हुने गरेको जनगुनासो बढ्न थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार