एमाओबादी लडाकु समायोजन गर्न सेनामा ४१ सय दरबन्दी थपिने

६ मंसिर २०६९, बुधबार २०:५६ मा प्रकाशित

काठमाडौं, ६ मंसिर । सरकारले सेना समायोजन विशेष समितिको सिफारिसमा एमाओबादी लडाकु समायोजनका लागि ४ हजार १ सय ७१ दरबन्दी थप्ने निर्णय गर्ने भएको छ । सेना समायोजन विशेष समितिको बुधबारको बैठकले एमाओवादी लडाकु समायोजनका लागि ४ हजार १ सय ७१ दरबन्दी थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरे पछी सरकारले यसलाई अनुमोदन गर्ने भएको हो । अर्थमन्त्री वर्षमान पुनले दिएको जानकारी अनुसार सेना समायोजन विशेष समितिको बुधबार साँझ बसेको बैठकले ७१ अधिकृतसहित १४ सय ६० लडाकु समायोजनका लागि दरबन्दी थप गर्ने निर्णय गरेको छ । सेना समायोजन विशेष समितिको बैठकले १४ सय ६० लडाकुमा ६५ प्रतिशत थप गरी ४ हजार १ सय ७१ दरबन्दी थप गर्न सरकारलाई सिफारिस गरिएको हो ।

बैठकले नेपाली सेनामा भर्नाका लागि छनौट भएको एमाओवादी लडाकुलाई सेना समायोजन विशेगष समितिले बिहीबारबाट सैनिक तालिममा पठाउने निर्णय गरेको छ । मंगलबार मात्र एक महिनाका लागि म्याद थप गरिएको सेना समायोजन विशेष समितिको बैठकले सेनाका लागि छनौट भएका लडाकुलाई तालिममा पठाउने निर्णय गरेको हो । तर, तालिमा जाने लडाकुको दर्जा भने अझै तय गरिएको छैन ।
प्रमुख तीन दल र मधेसी मोर्चाबीच यसअघि भएको सहमति अनुसार सुरक्षा निकायबाट ६५ र लडाकुबाट ३५ प्रतिशत जनशक्ति थप गरेर नेपाली सेना मातहत छुट्टै महानिर्देशनालय गठन गर्ने सहमति भएको थियो । यद्यपी अहिले सम्म छुट्टै महानिर्देशनालय बनाउने निणर्य कार्यन्वयनमा आएको छैन । मन्त्री पुनका अनुसार दरबन्दी थपिएको संख्या सेनाले पुनः पदपूति र्गर्नुपर्नेछ । नेपाली सेनाको विद्यमान संरचनाअनुसार उपरथी दर्जाको अधिकृतले नेतृत्व गर्ने संरचनाको जनशक्ति करिब १२ हजारको हाराहारीमा हुने बताइएको छ ।

प्रमुख चार दल बीच यसअघिनै सुरक्षा निकायबाट ६५ र लडाकुबाट ३५ प्रतिशत जनशक्ति लिई नेपाली सेना मातहत छुट्टै महानिर्देशनालय गठन गर्ने सहमति भएको थियो । तर बुधबार सांझ बसेको सेना समायोजन विशेष समितिको बैठकले छुट्टै महानिर्देशनालय बनाउने सिफारिश भने गरेको छैन । आज बसेको सेना समायोजन विशेष समितिको बैठकले लडाकुलाई तालिम प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको अर्थमन्त्री एबं समिति सदस्य पुनले जानकारी दिए । यद्यपी समायोजनमा जाने एमाओबादी लडाकुको दर्जाको बिषयमा भने विवाद कायमै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार