सरकारले सहमतिका लागि लचिलो भएर पुरानै बजेट ल्याएको प्रधानमन्त्रीको दावी

६ मंसिर २०६९, बुधबार २०:३१ मा प्रकाशित

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री डा बाबुराम भट्टराईले सहमतिका लागि सहज वातावरण बनोस भएर नै सरकारले गत आर्थिक वर्षको बजेटलाई नै निरन्तारता दिएको दावी गरेका छन् ।
सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवनको आज महाराजगञ्जमा शिलान्यास गर्दै उनले सहमतिका लागि सरकार बजेटमा लचिलो भएको प्रतिक्रिय दिए । उनले चाडै राजनीतिक सहमति बन्ने विश्वास व्यक्त गर्दै देशमा राजनीतिक अन्योल देखिएको छ, त्यसलाई अन्त्य गर्न सहज वातावरण बन्ने आशयका साथ सरकारले नयाँ कार्यक्रम तथा बजेट नल्याएको हो भने । आर्थिक सम्बृद्धि र विकास नै आफ्नो मुख्य लक्ष्य भएको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री भट्टराईले सरकारले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता दिएको उल्लेख गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हिराबहादुर महर्जनले निर्माण हुन लागेको क्यान्सर केन्द्रले गरिब जनताको सेवा दिन सक्षम हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार