नायिका रेखा थापा सगरमाथा चढ्दै

६ मंसिर २०६९, बुधबार १९:२२ मा प्रकाशित

काठमाडौं । नायिका रेखा थापा सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी गरिरहेकी छिन् । संभवतः उनले यही सिजनमा सगरमाथा शिखर चुम्नेछिन् । फिल्म हिमालय नामक संस्थासँग रेखाको सगरमाथा आरोहणबारे तयारी भईरहेको छ । सन् २००४ मा सबैभन्दा छोटो समयमा सगरमाथा चढेको कीर्तिमानी बनाएका पेम्बा दोर्जे शेर्पासँग रेखाले पहिलो चरणको कुराकानी समेत गरिसकेकी छिन् । ‘हामी असाध्यै शुरुवाती चरणमा छौं,’ आरोहणको संयोजन गरिरहेका सिनेमा निर्देशक सुरेशदर्पण पोखरेलले भने ।

रेखाले ‘हमेशा’ सिनेमाको सुटिङ सकाउनसाथै दोस्रो चरणको छलफल हुनेछ । यही सिजनमा सगरमाथा चढ्ने गरी तयारी भईरहेको बुझिएको छ । ६ हजार मिटर उचाइको एलापिक हिमाल चढ्नेछिन्, रेखाले सगरमाथा चुम्नुअघि । सरकारले ६ हजार मिटर उचाइको हिमाल चढेपछि मात्रै सगरमाथा चढ्न अनुमति दिन्छ ।

सुटिङको समयदेखि सबै कुरा मिलेमात्रै आफ्नो सगरमाथा चढ्ने धोको पूरा हुने रेखाले प्रतिक्रिया दिइन् । ‘हिमाल चढ्दा छाला डढ्छ । फर्किएपछि तत्काल सुटिङमा जान सकिंदैन,’ रेखाले भनिन्, ‘सबै चाँजोपाँजो मिल्यो भने मात्रै चढिन्छ होलो । अझै निश्चित भएको छैन ।’ रेखाले यसअघि नै भोटेकोशीमा साहसिक बन्जी जम्पिङ गरिसकेकी छिन् ।

तीन महिनाअघि नायिका निशा अधिकारी सगरमाथा चढ्ने पूर्व तयारीकै लागि मुस्ताङमा आइस ट्रेकिङका लागि पुगेकी थिइन् । नायक रेश मरहठ्ठाले समेत आफू सगरमाथा चढ्ने बताएका थिए । तर सबै हल्लामै सीमित भएका बेला रेखाले सगरमाथा पुग्ने सुटुक्क तयारी गरेकी छिन् । यो पनि उनको अर्को हल्ला मात्रै हुने त होइन ?

प्रतिक्रिया
सम्बन्धित खवर

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा

आजको प्रमुख समाचार