सगरमाथा आरोही डांगीलाई पिटरबरोमा सम्मान

६ मंसिर २०६९, बुधबार १९:१५ मा प्रकाशित

महेश अधिकारी, लण्डन । गत मे महिनामा सफलतापूर्वक सगरमाथाको आरोहण गरेका श्री शिवकुमार डांगीलाई पिटरबरो नेपाली समाजले हालै पिटरबरो, लण्डनमा सम्मान गरेको छ । पिटरबरोको वेष्टउडस्थित स्टाफोर्ड हलमा गत नोवेम्बर ११ (आइतवार) २०१२ मा आयोजित कार्यक्रममा पिटरबरो नेपाली समाजका अध्यक्ष श्री महेश अधिकारीले दोसल्ला ओडाई सम्मान गरेका थिए । शान्ती र संविधानको नारा लिएर गत मे महिनामा माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाल सहितको डांगीको सात जनाको टोलीले सगरमाथा चुम्न सफल भएको थियो । अन्तर्राष्ट्रिय को अपरेटिभ एलायन्स (आई.सि.ए.) को निमन्त्रणामा दुई साताको भ्रमणमा लण्डन आउनुभएका श्री डांगीले आफूलाई नेपाली तथा ब्रिटिश समुदायबाट पाएको सम्मानका लागि अति नै उत्साहित भएको बताए । कार्यक्रममा सगरमाथा आरोहण पूर्व तयारीका क्रममा आफूले भोगेका कठिनाई तथा सगरमाथाको आरोहण गर्दाका मर्मस्पर्शी अनुभव उपस्थित पिटरबरोवासीलाई बाँडेका थिए ।

नेपाल र नेपालीका लागि – “शान्ति र संविधान” आफ्नो सगरमाथा आरोही टोलीको प्रमूख नारा भएर पनि होला डांगी जहाँ जहाँ गएर सम्मान तथा प्रशंसा बटुले आफूले भेटेका सबै नेपाली तथा विदेशीहरुले नेपालको हालको बिग्रँदो स्थितिप्रति सबै चिन्तित रहेको पाएको बताए । आगामी दिनहरुमा आफूलाई देशका लागि थप केही गर्न यो सम्मानले थप प्रेरणा दिएको र आफ्नो उद्देश्य पनि यही रहेको उल्लेख गरे ।

मध्यान्ह १२ बजे शुरुभएको सम्मान कार्यक्रममा पिटरबरो नेपाली समाजका महासचिव केशव भण्डारीले संचालन गरेका थिए भने समाजका उपाध्यक्ष केशव खतिवडा, सत्य तथ्य नेपाली मासिकका सम्पादक श्री बि.के. पाण्डे, समाजका सल्लाहकार गोविन्द बेलवासे तथा समाजका सदस्य रघु दाहालले आफ्ना विचार राखेका थिए । समाजका अध्यक्ष महेश अधिकारीले डांगीको सम्मानका लागि उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।

पिटरबरो नेपाली समाजले तिहारको अवसरमा देउशी भैलो कार्यक्रमको आयोजना गरेको थियो । पिटरबरो, स्पाल्डिङ लगायत वरपरका नेपाली परिवारमा देउशी भैलो कार्यक्रम गरी समाजका लागि सात सय पौण्ड भन्दा बढी रकम संकलन गर्न सफल भएको छ । आफ्नो भाषा, संस्कृति तथा मौलिक पहिचान जीवन्त राख्ने र भोलिका सन्ततीलाई पनि यसबारे सजग राख्ने उद्देश्यका साथ वर्षेनी देउशी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ । गत वर्ष पिटरबरो नेपाली समाजले देउशी भैलोबाट उठेको रकमबाट नेपालका बालबालिकालाई सहयोग गर्ने हेतुले ८०,००० रुपैयाँ बरारबरको रकम धादिङको विकट गाउँमा रहेको मण्डली माध्यमिक विद्यालयलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार