अर्घाखाँचीमा मिनीबस दुर्घटनाहुँदा १८ जान गम्भिर घाईते

६ मंसिर २०६९, बुधबार १८:४१ मा प्रकाशित

गुल्मी, ६ मंसिर । अर्घाखाँचीको ठाडामा बुधबार दिउँसो भएको मिनीबस दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकृत प्रहरी निरीक्षक चन्द्रकुमार थापाले जानकारी दिए ।
सन्धिखर्कबाट बुटबल जाँदै गरेको बा १ ज ७२६५ नम्बरको मिनीबस र विपरित दिशावाट आईरहेको लु ११ प ४५७३ नम्बरको मोटसाइकल ठाडा–२, रिपमा अनियन्त्रित भै एक आपसमा ठोकिँदा मिनीबस सडकबाट ५० मिटर तल खसेको ठाडा प्रहरी चौकीका प्रहरी निरीक्षक राम केसीले बताए ।
दुर्घटनामा मोतिपुर–३ का ३० बर्षीया कमला केसी, अर्घाखाँची गोखुङ्गा–६ का २४ बर्षीय धनबहादुर घर्ती, रुपन्देही–५ का ५० बर्षीय तुल्सी बन्जाडे, बनगाई–३ का ५० बर्षीय धनकुमार सुनार, अर्घातोष–४ अर्घाखाँचीका १८ बर्षीय राजेन्द्र बलाल, सन्धिखर्क–७ का २५ बर्षीय दीपा खनाल घाईते भएका छन् ।
त्यस्तै दुर्घटनामा सन्धिखर्क–७ का ६० बर्षीय रोसन मरासिनी, बुटवलका २९ बर्षीय मीना भट्टराई, खनदह–४ अर्घाखाँचीका २० बर्षीय रीता खनाल, गोखुङ्गा–४ अर्घाखाँचीका १४ बर्षीय उदय आले मगर, सन्धिखर्क– ९ का २८ बर्षीय रन्जीता श्रेष्ठ, धारापानी–२ अर्घाखाँचीका १७ बर्षीय किरण आले, गोखुङ्गा–२ अर्घाखाँचीका १६ बर्षीय गोपाल थापा, नुवाकोट–७ अर्घाखाँचीका २० बर्षीय मनु थापा र बनगाई–३ कपिलबस्तुका २२ बर्षीय बिष्णु सुनार घाईते भएका छन् ।
घाईते १५ जनाको पहिचान भएपनि अन्य तीन जना बोल्न नसक्ने अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन । घाईतेलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार