छिट्टै गहुँ छरौं

६ मंसिर २०६९, बुधबार १८:२८ मा प्रकाशित

काठमाडौ, ६ मंसिर । जति सक्दो छिट्टो खेतमा गहुँ छर्न विज्ञहरुले किसानलाई सुझाव दिएका छन् ।
यस वर्ष बर्षात कम भएकाले खेतमा चिस्यान हुँदैमा गहुँ लगाउँदा राम्रो हुने गहुँ प्रजनन विज्ञ डां ध्रुव थापाले बताए । देशका पश्चिमी क्षेत्रका ९० प्रतिशत भु–भागमा गहुँ छरिसकिएको भएपनि पुर्वी तथा पहाडी भेगमा धेरै जमिनमा गहुँ लगाउन बाँकी नै छ । ढिलो गरी गहुँ छर्दा बीउ बढी लाग्ने तथा उत्पादन पनि कम हुने उहाँलका भनाई थियो ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले मध्य पहाडका लागि गौरा र धौलागिरी, मध्य तथा उच्च पहाडमा डब्लुके १२०४ र तराईमा बिजय जातको गहुँ सिफारिश गरेको छ ।
डब्लुके १२०४ प्रतिहेक्टर सात मेट्रिक टन उत्पादन हुन्छ भने अरु जात प्रतिहेक्टर छ मेट्रिक टनसम्म उत्पादन हुन्छ । पुराना जातहरु अन्नपुर्ण र आरआर २१ मा रोग बढी लाग्ने र उत्पादन कम हुने भएकाले यी जातका गहुँ नलगाउन समेत गहुँ प्रजनन विज्ञ थापाले सुझाव दिए । उन्नत जातका बीउमा उमार शक्ति राम्रो हुने, तथा बढी उत्पादन लिन सकिने गहुँ प्रजनन उहाँको भनाई छ ।
गएको बर्ष सात लाख ५० हजार हेक्टरमा गहुँ खेती गरिएपनि यो बर्ष जमिन सुख्खा भएका कारण झण्डै ५० हजार हेक्टरमा मात्र गहुँ खेती हुन नसक्ने अनुमान गरिएको छ । जसका कारण यो बर्ष धानमा जस्तै गहुँको पनि उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार