राष्ट्रपतिको भूमिका असुहाउँदो भयोः विपक्षी दलका नेता

६ मंसिर २०६९, बुधबार १८:१८ मा प्रकाशित

काठमाडौं, ६ मंसिर । राष्ट्रपति डा रामबरण यादवले हिजो सरकारले सहमति विना प्रस्तुत गरेको बजेट अध्यादेश प्रमाणिकरण गरेको घटनाले आफूहरु आश्यर्च र दुखिद भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले राष्ट्रपतिले हिजो दिनमा सहमतिमा बजेट ल्याउन गरेको प्रयास र दलीय सहमति विना गरेको प्रमाणिकरण एक अर्कामा विरोधाभाष पूर्ण भएको बताए ।
आज राजधानीमा भएको साक्षात्कारमा उनले भने–राष्ट्रपतिको हिजोको भूमिका र अहिलेको गराई म्याच गरेको छैन । राष्ट्रपतिले किन यस्तो गर्नु भयो यसले हामिलाई आश्चर्य चकित र दुखिद बनाएको छ । हामिले राष्ट्रपतिबाट यस्तो अपेक्षा गरेका थिएनौ ।
उनले यस निर्णयको विषयमा राष्ट्रपतिलाई भेटेर किन यस्तो गर्नु पर्यो भनेर आफूहरुले प्रश्न गर्ने स्पष्ट पारे ।
सरकारले एकतर्फी रुपमा बजेट ल्याउने गर्ने कुराले दलीय सहमतिको सम्भावनालाई समाप्त गरेको दावी गर्दै माओवादीले प्रतिपक्षलाई सहमतिको नाममा अल्झाएर बजेट ल्याउने षडयन्त्र गरेको आरोप लगाए ।
सहमतिमा मुलुकलाई निकास दिने प्रतिपक्षीहरुको प्रयास माथिको घातको रुपमा बजेट र निर्वाचनको मितिलाई विश्लेषण गर्दै ज्ञावलीले यो घट्नाले मुलुकलाई स्पष्ट रुपमा द्धन्द्ध तिर धकेलेको ठोकुवा गरे ।
मंसिर ७ गते निर्वाचन नहुनुको कारण समिक्षा नगरी बैशाखमा नयाँ निर्वाचनको घोषण गर्नु सत्ता लम्ब्याउने षडयन्त्र भएको भन्दै सरकारले घोषणा गरेको निर्वाचन फेरि पनि हुनै नसक्ने ठोकुवा गरे ।
ज्ञावलीले भने–पुष भित्रमै निर्वाचन आयोग रिक्त हुँदैछ । कर्मचारीले कसरी चुनाव गराउन सक्छन । अर्को कुरा दलहरुको सहमति विना संविधानसभाको निर्वाचन हुनै सक्दैन । संविधानसभाको निर्वाचन संसदको निर्वाचन जस्तो हो र । पहिला पनि माओवादी सरकारबाट बाहिरिदा संविधानसभाको निर्वाचन रोकिएर फेरी सहमति गर्नु परेको थियो ।
उनले अब संबादबाट सहमति हुनै नसक्ने ठोकुवा गर्दै आन्दोलनको दवावबाट हटाउनुको विकल्प नभएको बताए ।
ज्ञावलीले भने–अबको प्राथमिकताको संबाद होईन, आन्दोलन हो । ठोस प्रस्ताव विना अब वार्ता हुदैन । प्रतिपक्षीको सहमति गर्ने सदासयतालाई सरकारले कमजोरी ठान्यो अब सडकबाटै जवाफ दिन्छौ ।
उनले विपक्षी गठबन्धनले सरकारले ल्याएको बजेट कुनै पनि हालतमा स्विकार नगर्ने भन्दै विपक्षीले अस्विकार गरेको बजेट कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरे ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले राष्ट्रपतिले बजेट ल्याउनु अघि दलहरुसँग परामर्श गरेर मात्रै ल्याउनु पर्ने तर्क गर्दै परामर्श नगरेर गल्ती गरेको बताए ।
यद्यपि उनले राष्ट्रपतिको हस्तक्षेपको कारण मात्रै सरकारको पूर्ण बजेट ल्याउने योजना तुहिएको भन्दै प्रशंसा समेत गरे ।
उनले भने–राष्ट्रपतिले हस्तक्षेप गरेर मात्रै बजेट यो रुपमा आयो नभए ४ सय ५० अर्बको बजेट आउथ्यो । सरकारले ल्याएको बजेट बजेट नभई खर्च चलाउने अध्यादेश मात्रै हो । तर यो रुपको बजेट पनि सहमतिमै आउनु पर्दथ्यो । नआएकोमा हाम्रो असहमति छ ।
आफैले घोषणा गरेको एउटा निर्वाचन गर्न नसक्ने अयोग्य सरकारले अर्को निर्वाचनको मिति घोषणा गर्नु राजनीतिक ठट्टा भएको भनि टिप्पणी गर्दै डा महतले फेरि पनि हुनै नसक्ने निर्वाचनमा प्रतिपक्षीहरु सहभागी हुने कुरै नआउने स्पष्ट पारे ।
उनले अब आन्दोलन शसक्त बनाउनुको विकल्प नभएको दावी गर्दै राष्ट्रपति समेत चुप लागेर बस्न नहुने बताए ।
महतले भने– ढिला भयो राष्ट्रपतिले सहमतिको सरकार आब्हान गर्न । अब राष्ट्र सहमति सहमति भनेर हुँदैन । समयसीमा दिएर कदम चाल्नु पर्छ ।
उनले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार अब धेरै दिन  रहनै नसक्ने ठोकुवा गर्दै एक दुई सातामै नयाँ सरकार आउने ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार