बजेट प्रमाणिकरण गरेर राष्ट्रपति तीन करोड नेपालीको अविभावक बनेः प्रवक्ता सापकोटा

६ मंसिर २०६९, बुधबार १७:२७ मा प्रकाशित

काठमाडौ, ६ मंसिर । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले सरकारले ल्याएको बजेट प्रमाणिकरण गरेर राष्ट्रपति डा रामबरण यादवले आफूलाई तीन करोड नेपाली अविभावको रुपमा प्रमाणित गरेको दावी गरे । उनले भने–राष्ट्रपतिलाई धन्यवाद । उहाँले अभिभावको भूमिका खेल्नु भयो ।
उनले बाध्यात्मक परिस्थितिमा सरकारले ल्याएको बजेट स्विकार गरेर राष्ट्रपतिले मुलुकलाई अनिश्चिततातीर धकेल्ने षडयन्त्रलाई परास्त पारेको दावी गर्दै यो घटनाले राष्ट्रपतिलाई उकासेर सत्ता प्राप्त गर्ने विपक्षीको खेल पुरै समाप्त भएको ठोकुवा गरे ।
परिवर्तनको अगुवालाई ढाल्ने कुरा परिवर्तन समाप्त पार्ने षडयन्त्र भएको भन्दै उनले  अझै पनि काग्रेस र एमालेको बुद्धि नफिरे  करोडौ नेपाली जनताको साथ लिएर उनीहरु विरुद्ध उत्रिने चेतावनी दिए ।
सापकोटाले अहिले सरकार विरुद्ध आन्दोलन गर्नु भनेको जनआन्दोलनका उपलब्धि कटौती गर्ने षडयन्त्र भएको आरोप लगाउँदै जनआन्दोलन र जनयूद्ध दर्शनमा आधारित थियो । अहिलेको आन्दोलनको ऐजेण्डा के हो भनि प्रश्न गरे । उनले एमाले र काग्रेस प्रतिगामिको गोटी बन्दै गईरहेको आरोप समेत साक्षात्कारमा लगाए ।
यथास्थितिमा प्रधानमन्त्रीले पदत्याग गरे मुलुक भयानक दुर्घटनामा फस्ने चेतावनी दिदै उनले देशी विदेशी शक्तिको षडयन्त्र पुरा हुन र नेपाली जनतालाई बेवारिसे बनाउन कुनै पनि हालतमा पदत्याग नगर्ने स्पष्ट पारे । उनले भने–सहमति नभएसम्म प्रधानमन्त्रीले पद छाड्ने कुरै आउँदैन । सडकमा लडेर कराएर सत्ता पाईदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार