वार्ताबाट होइन आन्दोलनबाटै सरकार परिवर्तन गर्ने विपक्षी दलको निर्णय

६ मंसिर २०६९, बुधबार १४:५५ मा प्रकाशित

काठमाडौं, ६ मंसिर । वार्ताबाट नभइ सडक आन्दोलनबाटै सरकार परिवर्तन गर्ने विपक्षी दलको बैठकले निर्णय गरेको छ । कांग्रेस–एमालेलगायत १५ विपक्षी दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठक एमाले मुख्यलय बल्खुमा बसेको थियो ।
बैठकले सत्ता सरकारले सहमति प्रक्रिया बिथोल्दै बजेट ल्याएकोमा त्यसलाई समर्थन गर्न नसकिने स्पष्ट पारेको छ । साथै उसले अब वार्ताका लागि मात्र वार्तामा नबस्ने निर्णय समेत गरेको छ । सहमतिको प्रक्रिया अगाडि बढिरहेको बेलो सरकारले एकलौटी ढंगले बजेट ल्याएपछिको अवस्था बारे समिक्षा गर्न तथा भावि रणनीति तय गर्न बसेको बैठकले निर्वाचनको मिति घाषणालाई पनि उनीहरुले सरकारको सत्ता लम्ब्याउने खेल मात्र भएको ठहर गरेका छन् ।
एमाले उपाध्यक्ष बामदेव गौतमले बैठकपतिछ सञ्चाकर्मीहरुसंग भने, ‘राजनीतिक सहमति बिना आएको बजेट अध्यादेश राष्ट्रपतिले जारी गरेकोमा त्यसलाई समर्थन गर्न नसकिने बैठकको निष्कषे रह्यो । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले सत्ता लम्ब्याउने षडयन्त्रका रुपमा निर्वाचनको मिति घोषणा भएकाले अब वार्ताका लागि मात्र वार्तामा नबसिने बैठको निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार