सहमतिको वातावरण विग्रेको कांग्रेसको ठहर

६ मंसिर २०६९, बुधबार १४:५४ मा प्रकाशित

काठमाडौं, ६ मंसिर । सरकारले सहमतिको वातावरण पूर्ण रुपमा विगारेको नेपाली कांग्रेसले निश्कर्ष निकालेको छ । पार्टी सभापति शुशिल कोइरालाको निवासमा बुधबार विहान बसेको पार्टी पदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले सरकार एकलौटी ढंगबाट अघि बढी बजेट ल्याएकोमा आपति जनाउँदै एमाओवादीले विपक्षी दलहरुलाई पाखा लागएर एक्लै अघि बढन खोजेको ठहर गरेको छ । बैठकले राजनीतिक सहमतिको विन्दु पत्ता लाग्न लागि सकेको अवस्थामा सरकारले एकाएक सहमतिको वातावरण विगारेको ठहर गरेको छ ।  साथै अव आन्दोलनको विकल्प नभएको भन्दै यसलाई थप तिव्रता दिने निर्णय पनि बैठकले गरेको छ । बैठकको बारेमा जानकारी दिँदै उपसभापति रामचन्द्र पौडेलले भने, ‘सरकारले हतारिएर बजेट ल्यायो, यो उसले सत्ता टिकाउन सहमतिलाई लत्याएरको बजेट हो, यसमा बैठकको आपति रह्यो । राजनीतिक सहमति बिना आएको बजेटलाई राष्ट्रपतिले स्वीकृत गरेकाप्रति पनि पार्टीको ध्यानकषर्ण भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

काठमाडौं संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन

आजको प्रमुख समाचार