आगोलागिबाट उपल्लो मुस्ताङमा करोडौको क्षति

६ मंसिर २०६९, बुधबार ०६:०८ मा प्रकाशित

जोमसोम (मुस्ताङ), ६ मसिर । आगोलागिबाट उपल्लो मुस्ताङको घमी गाबिसमा करोडौको क्षति भएको छ । सदरमुकामबाट ३ दिनका पैदल यात्रापछि पुगिने घमी गाबिस बडा न ६ मा गत आइतबार दिउसो ३.३० बजे लागेको आगो राती ८ बजे सम्म पनि निभाउन हम्मेहम्मे पर्दा ३ घर पुर्ण रुपले नष्ट भएका छन भने अन्य ६ घरमा क्षति पुगेको छ । आगलागि भएपनि मगलबार मात्र जानकारी गराउन सदरमुकाम आइपुगेका लोप्साङ छोम्पेल बिष्टले भने, ‘३ घरका परिवार र जनाबर बाहेक सबै जल्यो, जाडोको बेला बस्ने बास र खाने गास समेत छैन ।’ प्रहरी चौकी घमी, ट्रेकिङमा गएका मजदुर र स्थानिय बासीन्दाको सहयोगमा आगो नियन्त्रणमा लिगीएको थियो । त्यसदिन ठुलो हुरी बतास चलेको थियो, आगो के कसरी लाग्यो, पत्ता लाग्न सकेको छैन बिष्टले भने ।’ स्थानिय टसी साङमो गुरुङ, पेमा गुरुङ, चेङ्गा गुरुङको घर आगोले पुर्ण रुपले नष्ट भएपछि स्थानिय लोप्साङ छोम्पेल बिष्ट राजुले हाललाई खाने बस्ने ब्यबस्था गरेको स्थानिय खेटुक गुरुङले बताए । घर सहित अन्न, काठदाउरा, घास, भाडाकुडा लत्ताकपडा लगायत सम्पुर्ण सामाग्री नष्ट भएको गुरुङले बताए । यसै गरि झ्याङ खेटुक गुरुङ, खेटुक गुरुङ, ठोक्या ठकुरी, पेमा बिष्ट,कर्म साङमो गुरुङ, र कर्म सम्टुक गुरुङको घरमा समेत आगोले क्षति पुर्याएको छ । ६ बटै घरको माथील्लो तला, दाउरा, घास आगोले नष्ट भएको छ । आगलागि पछि घमीबाट आएको स्थानिय बासीको टोलीले जिल्ला प्रशासन, जिल्ला दैबि प्रकोप उद्धार समिती, जिल्ला बिकास समिती, जिल्ला प्रहरी कार्यालय र सबै राजनितिक दलहरुलाई सहयोगका लागी अपिल गरेको छ । क्षतिको सम्पुर्ण बिबरण स्थानिय, प्रहरी र पर्यटन मजदुर बसेर मुचुल्का तयारपारी सकिएपनी कति मुल्य बराबरको क्षति भयो कन्भर्ट नगरिएको राजुले बताए  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार