अमेरिकामा ‘द लास्ट अरेन्ज पुस्तक’ विमोचन

५ मंसिर २०६९, मंगलवार २३:०२ मा प्रकाशित

वाशिंगटन डिसी। अमेरिकाको नर्थ क्यारोलिना राज्यमा रहेका श्री किसन उपाध्यायले आफूलाई चारबर्षको उमेरमै बाउ, आमाले छोडेको र चालिस बर्ष पछी मात्रै आफ्नो परिवार भेटेको बडो हृदय विदारक जीवन स्मरण लेखिएको पुस्तक ‘द लास्ट अरेन्ज’ अमेरिकाको राजधानी वाशिंगटन डि. सी. मा बिमोचन भएको छ ।

अमेरिकाको लागी महामहिम राजदुत डा. शंकर प्रसाद शर्माले महाकवि लक्ष्मी प्रसाद देबकोटाको १०४ औं जन्मजयन्तीको अवसरमा किसन ऊपाध्यायले लेखेको उक्त पुस्तक बिमोचन गर्नुभएको हो । राजदुत डा. शर्माले पुस्तक बिमोचन गरेपछि, आफुले लेखेको पुस्तकको बारेमा बोल्दै किसन उपाध्यायले भने आफु चार बर्षको बच्चा हुँदा आफुलाई काठमाडौँमा छोडेर आमा भारत गएको र बाँच्नको लागी अर्काको घरमा काम गरेको संस्मरण सुनाउँदै चार बर्षको बच्चाले काम गर्न नसकेपछि साहुले घरबाट निकाली दिएको र रुँदै भोकभोकै बाटोमा सुत्दा बिरामी परेको कथा सुनाउँदा कार्यक्रममा उपस्थित धेरैको गहभरी आँसु भएको थिए । चालिसबर्ष पछी आफ्नो परिवार पत्ता लगाएर ईन्डिया गएर दिदी र आमालाई भेटेको दृश्य ईन्डियाको टेलिभिजनले प्रशारण गरेको कुरा किसानले बताए । आफुले लेखेको उक्त पुस्तक ूद लास्ट अरेन्जू अमेरिकाको पब्लिकेशन हाउसस् बार्नस एण्ड नोबल डट कम र एमाजोन डट कम मा गएर अनलाईन खरिद गर्न सकिने कुरा पनि कार्यक्रममा सुनाए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, डि. सी. मेट्रो च्याप्टर र केन्द्रको आयोजनामा आयोजित उक्त कार्यक्रम राजदुत डा. शंकर शर्माले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन भाषणमा राजदुत डा. शर्माले यहाँ भएका संघ, संस्थाहरू मध्ये अन्तराष्ट्रिय नेपाली साहित्य समाजले चाहिं प्रोडक्टिभ काम गर्छ भन्नुभयो । साथै, आफू राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएको समयमा चलिरहेको माओबादी युद्धको बेलामा पनि आँट गरेर कर्णाली राजमार्ग बनाएको कुरा सुनाउनु भयो ।

कार्यक्रममा नेपाली भाषा, साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप त्रि. बि. कीर्तिपुरका पूर्व नेपाली केन्द्रीय बिभागका प्रमुख प्राध्यापक ठाकुर पराजुलीलाई प्रमुख अतिथी राजदूत डा. शंकर शर्माले अभिनन्दन गर्नुभयो ।

अभिनन्दित ब्यक्तिवो प्रा. ठाकुर पराजुलीको योगदानको बारेमा उहाँका बिद्यार्थी अर्का प्राध्यापक हरि घिमिरेले प्रकाश पार्नुभएको थियो । अमेरिकामा आफु अभिनन्दित भएकोमा खुशी प्रकट गर्दै प्रा. पराजुलीले अनेसास,डि. सी. मेट्रोबाट प्रकाशित संसारभर रहेका नेपाली साहित्यकारहरूको रचनाको संगालो ‘अनेक डायस्पोरा’ पुस्तकको समालोचना गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राजदुत डा. शंकर शर्माले प्रकाश नेपालको कविता संग्रह ‘राती फुल्ने फूलहरू’,
महेश सुबेदीको पुस्तक ‘अमेरिकी नेपाली डायस्पोराको औपन्यासिक समालोचना’, कपिल सिटौलाको पुस्तक ‘देश दुखेको म’, डा. मोहन जोशीद्वारा लिखित गीतहरूको सिडी र बरिष्ठ साहित्यकार होमनाथ सुबेदीद्वारा लिखित समालोचनात्मक पुस्तक ‘गंगाका समीक्षा’ पनी बिमोचन गर्नुभयो ।

अनेसास बोर्ड अफ त्रस्टीका अध्यक्ष श्री होमनाथ सुबेदीले कार्यक्रममा विभिन्न मुलुकहरूबाट प्राप्त कार्यपत्रहरू पढेर सुनाउनु भएको थियो ।
‘अनेक डायस्पोरामा देवकोटा’ शिर्षक अन्तर्गतका कार्यपत्रका लेखकहरू थिए:
कतार – शिखर बैद्य, दिपक भेटवाल, हेमन्त परदेशी र तिर्थ संगम राई
नर्थक्यारोलिना – नगेन्द्र न्यौपाने,
भर्जिनिया – गुणराज लुइँटेल ,
क्यानाडा – सुरेन ऊप्रेती,
ताईवान – डाय लेखनाथ काफ्ले र कपिल अधिकारी,
हुस्टन (टेक्सास) – श्रीमती गंगा लिगले आफैले पढिन ।

साथै,अनेसासका केन्द्रीय महासचिब श्री पदम बिश्वकर्माले कोलोराडोबाट पठाएको केन्द्रको आर्थिक प्रतिबेदन र साथै $ 11,194.59 डलर बैंक खातामा रहेको बोर्ड अफ ट्रस्टीको आर्थिक प्रतिबेदन पनी होमनाथ सुबेदीले कार्यक्रममा प्रस्तुत गर्नुभयो । कार्यक्रममा उपस्थित बयोबृद्ध बयासी बर्सिय आमा पुण्य कुमारी लुईटेलले लोकगीत गाएकी थिईन् भने देवकोटाको बारेमा डा. गोपी उप्रेतीले प्रकाश पर्नुभएको थियो ।

अमेरिकाकै जेठो संस्था ‘अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डि. सी. का पुर्ब अध्यक्ष तथा अनेसासका बोर्ड अफ ट्रस्टी श्री खेम भट्टचनले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा कवि प्रेम संग्रौलाले देवकोटाप्रति समर्पित कविता र कलाकार तथा अनेसास डि.सी. मेट्रोका सल्लाहकार रामप्रसाद खनालले यात्री गीत प्रस्तुत गर्नु भएको थियो । बालिका सितल लुईटेलले बजाएको नेपालको राष्ट्रिय गानको धुन संगै कार्यक्रम शुरू भएको थियो ।

यसैगरी बालबालिकाहरुको रचना प्रतियोगितामा श्रेया पराजुली प्रथम, तेजस्वी पाण्डे द्धितीय र सीतल लुइटेलले तृतीय स्थान प्राप्त गरेका थिए । डा. मोहनप्रसाद जोशी, रामप्रसाद खनाल, भीम रेग्मी र सीता पाण्डे निर्णायक मण्डलमा रहनु भएको थियो भने आलिशा विश्वकर्मा, इशान विश्वकर्मा, कृतिका ओली, विशाखा ओली र आशिश सुवेदीले उत्कृष्ट स्थान हासिल गरेका थिए । कार्यक्रम अनेसास लक्ष्मीप्रसाद देवकोटा जयन्ती आयोजक मूल समारोह समितिका संयोजक तथा अनेसास डि.सी. मेट्रोका अध्यक्ष प्रकाश नेपालको अध्यक्षतामा भएको थियो ।

गुणराज लुइंटेलले संचालन गर्नु भएको सो साहित्यिक कार्यक्रममा अप्रतियोगी कविता प्रस्तुत गर्नुहुने कवि कवियत्रीहरुमा गोपाल रेग्मी, रामप्रसाद खनाल, लक्ष्मण सत्याल, गंगा लिगल, दीपा अधिकारी, कुभद्रा पराजुली, सरिता परियार, शान्ति विश्वकर्मा, शारदा खाती, सीता पाण्डे एवं गुणराज लुइटेलले आआफ्ना कविताहरु बाचन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार