अनेसास लस एन्जलस च्याप्टरले मनायो लक्ष्मी जयन्ती

५ मंसिर २०६९, मंगलवार २२:५९ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस, अमेरिका । अन्तराश्ट्रिय नेपाली साहित्य समाज, लस एन्जलस च्याप्टरको आयोजनामा १०४औं लक्ष्मी जयन्ती सम्पन्न भएको छ । आर्टिसिया नगरमा आज आयोजित लक्ष्मी जयन्तिमा यस क्षेत्रका साहित्यप्रेमीहरूको उपस्थिती थियो । कार्यक्रम श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा र बौद्धिक संसार शैक्षिक प्रतिष्ठानका बलराम थापाको आथित्यतामा सम्पन्न भएको थियो । अनेसास लस एन्जलस च्याप्टरकी उपाध्यक्ष श्रीमती शुशिला पाण्डे न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा शान्तिराम ढकाल, प्रेम गुरागाईं, राकेश कार्की, गोकुल पौड्याल, डिल्लिराज सिलवाल, डन बहादुर कार्की, श्रीमती कबिता कार्की, श्रीमती शुशिला पाण्डे न्यौपाने, श्रीमती शारदा श्रेष्ठ, श्रीमती तुलशा कार्की, तिलक कार्की, पुन्नाखर ऋशी ढकाल, सुश्री मन्जु देबकोटा, राजेन्द्र सिवाकोटी, बलराम थापा र गोकुल ढकाल लगायतका सहभागीहरूले आ-आफ्ना रचना वाचन गरेका थिए ।  च्याप्टरका अध्यक्ष गोकुल पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित साहित्यानुरागीहरूले आ-आफ्ना रचना मार्फत महाकवी लक्ष्मीप्रसाद देवकोटाको बखान र स्मरण गरेका थिए । संस्थाका महासचिव गोकुल ढकालद्दारा संचालित कार्यक्रमको अन्तमा चियापानको पनि ब्यबस्था गरिएको थियो । यसैबिच संस्थाले आगामी दिनमा लस एन्जलस क्षेत्रमा प्रत्येक महिनाको एकपटक साहित्यिक कार्यक्रमको निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति