अध्यादेश जारी गराउन भन्दै राष्ट्रपति बिरुद्ध सर्वोच्चमा रिट

५ मंसिर २०६९, मंगलवार १९:४९ मा प्रकाशित

काठमाडौं, ५ मंसिर । सरकारले पेश गरेको विभिन्न अध्यादेशरु राष्ट्रपतिले स्वीकृत नगरेको भन्दै आज राष्ट्रपति बिरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ । रिटमा सरकारले सिफारिस गरी पठाइएका अध्यादेशहरु अहिलेसम्म जारी नभएकाले जारी गर्नु भनी राष्ट्रपतिका नाममा परमादेश जारी गर्न माग गरिएको छ ।
अधिवक्ता उद्धवप्रसाद चौलागाईले दायर गरेको उक्त रिटमा त्यसरी जारी नभएका भनिएका रिटहरुमा नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन) अध्यादेश २०६९, शिक्षा (आठौं संशोधन) अध्यादेश २०६९, सत्य निरुपण तथा मेलमिलाप सम्वन्धी अध्यादेश २०६९, केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०६९ लगायतका छन् ।
सरकारले तीन महिनाअघि पठाइएका ती अध्यादेशहरु विभिन्न कानुनी तथा प्राविधिक अडन देखाउँदै आलटाल गरेको जिकिर रिटमा गरिएको छ । रिटमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कानुन तथा न्याय मन्त्रालयलाई विपक्षी बनाइएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका