गोरु काटेको आरोपमा पक्राउ

५ मंसिर २०६९, मंगलवार १९:४५ मा प्रकाशित

रुपन्देही, ५ मंसिर । आफ्नो गोरु झुक्काएर काटेको भन्दै पर्राहा २ का खड्गबहादुर श्रेष्ठले पर्राहाकै तीनजना बिरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । तिहारको अघिल्लो दिन गोरुलाई जोत्न लैजाने भन्दै पर्राहाका समशेर बहादुर बिक, लिल बहादुर शाही तथा रेग्मी थरका एक व्यक्तिले गोरु काटेको बताइएको छ । आफ्नो घरमा पाडो रहेको र त्यसैसंग गोरु लगेर लैजाने भन्दै श्रेष्ठसंगबाट गोरु लगेको पर्राहाका एक स्थानीयले जानकारी दिए ।

गोरु काटेको जाहेरी दिए पछि इलाका प्रहरी कार्यालय बुटवलले तीन जनालापक्राउ गरेको छ । इप्रकाका प्रहरी प्रमुख दिपक थापाले गोरु काटेको आरोपमा पक्राउ गरिएको बताउदै त्यस बारेमा अनुसन्धान भइरहेकाले अन्य कुरा पछि जानकारी गराउने बताए । नेपालको कानुनमा गोरु काट्न बर्जित छ । स्थानीयले गोरु काट्नेलाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार