हिमालयन लायन्स क्लब न्यु इन्ग्लेंडको बार्षिक उत्सव सम्पन्न

१० चैत्र २०६८, शुक्रबार १८:५२ मा प्रकाशित

बोस्टन: हिमालयन लायन्स क्लब न्यु इन्ग्लेंडले गत साता तेस्रो बार्षिक उत्सब सम्पन्न गरेको छ । लायन्स मल्टिपल डिस्ट्रिक “३३ के” का गवर्नर लगायत मुख्य पदाधिकारीहरु उपस्थितमा सम्पन्न भएको उक्त समारोहमा क्लबका सदस्यहरुका साथै नेपाली समुदायका अगुवाहरुको समेत उपस्थिति रहेको थियो । महेश्वर पन्तको नेतृत्वमा गठन भएको यस सँस्थाको नेतृत्व शिव प्रकाशले गर्नु भएको छ । हरेक दुई बर्षको कार्यकाल रहने यो सँस्थाको साधारण शभा पनि यसै मार्च महिनाको जन्म दिवसलाई मानिन्छ ।

उक्त कर्यक्रममा बार्षिक रिपोर्ट सचिब सन्तोष सुबेदीले प्रस्तुत गर्नु भएको थियो| बार्षिक रिपोर्टमा आकर्षक बिषय भने यस लायन्स क्लबको लाईब्रेरी प्रोजेक्ट थियो । नेपालको मोरंग जिल्लाको पचाम गाउँ, जुन ठाउँमा नेपालका पिछडिएका मुसहर जति को बसोबास छ, सोहि ठाउँको माध्यमिक बिद्यालयमा झन्डै दश हजार डलरको लागतमा तयार हुने उक्त प्रोजेक्टमा जनश्रमदानबाट पाँच हजार र हिमालयन लायेंस क्लबबाट पाँच हजार डलर प्राप्त भैसकेको छ ।

यसै अबसरमा गवर्नर लायन म्याथिउले हिमालयन लायेंस क्लबका नयाँ सदस्यहरु शेषराज खतिवडा, जालप्रसाद घिमिरे, निगम दिक्षित्, रुपा थापा साथै डम्मरबहादुर थापालाई लायेंस कोड अफ इथिक्सको सपथ गराउँदै पदस्थापन गराउनु भएको थियो । कार्यक्रममा उपस्थित सबै लायेंस पदाधिकारीहरुले हिमालयन लायेंस क्लबलाई शुभकामना दिनुभएको उक्त कर्यक्रम नेपाली रेस्टुरेन्ट फिष्टेल किचेनमा भएको थियो । कर्यक्रमको संचालन बोर्ड सदस्य संजना (सुबेदी)सथियाबंदनाले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न