दिलशोभा र पुष्पालाई एनआरएन आयरल्याण्डको सहयोग

५ मंसिर २०६९, मंगलवार १९:११ मा प्रकाशित

काठमाडौ, ५ मंसिर । आयारल्याण्डमा बस्ने नेपालीहरुले समाजसेवी दिलशोभा श्रेष्ठ र पुष्पा बस्नेतलाई आर्थिक सहयोग गरेको छ । आमा घर नेपाल सञ्चालन गरेकी दिलसोभलाई २ लाख ५० हजार र प्रारम्भीक बाल विकास केन्द्र सञ्चालन गरकी सीएनन हिरोमा मनोनित पुष्पा बस्नेतलाई राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमबीच १ लाख रुपैया हस्तान्तरण गरिएको थियो ।
श्रेष्ठले आमा घर नेपालमा असहाय बृद्ध बृद्धालाई संरक्षण गरेर राखेकी छिन् भने बस्नेतले जेल जिवन विताईरहेका बाबुआमाका सन्तानलाई आश्रय दिएर अध्ययन अध्यापन गराउने गर्छिन् ।
बाल र बृद्ध अवस्थामा रहेकालाई समाजमा प्राकृतिक रुपमै सबै भन्दा बढी सहयोगको आवश्यकता रहनेमा आयरल्याण्डका नेपालीले बाल र बृद्धको क्षेत्रमा उदाहरणीय काम गर्ने संस्थालाई सहयोग गर्नु प्रशंसनीय काम भएको कार्यक्रमका सहभागीहरुले धारणा राखे । उनीहरुले सिएनएन हिरोमा मनोनित पुष्पा बस्नेतलाई सफताको कामना गर्दै विश्वभरी छरिएर रहेका नेपालीलाई फेरि मातृभूमिको ईज्जत बढाउन गोलबन्द हुन आब्हान पनि गरे ।
आर्थिक सहयोग पाएकी आमा नेपालकी दिलसोभा श्रेष्ठले मरेपछि बृद्ध बृद्धको श्राद्ध नभई जिउँदैमा खुसी बाड्नु पर्ने धारणा राख्दै राजनीतिमा लडाई होईन मायाँको सस्कृतीको विकास गर्न आब्हान गरीन् भने कुर्सीको मात्र लडाईमा नअल्झि मुलुकको विकासमा केन्द्रीत हुन राजनेताहरुलाई उनको सुझाव थियो ।
पुष्पा बस्नेतले मरेर लानु केही छैन भन्दै मुलुकले आफूलाई के दियो भन्दा पनि आफूले मुलुकलाई के दिए भन्ने कुरालाई मनन गरेर अगाडि बढ्न आब्हान गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार