भारतमा चोरिएको सुन डुम्रेमा बरामद

५ मंसिर २०६९, मंगलवार १२:१० मा प्रकाशित

तनहुँ, ५ मङ्सिर । केही समयअघि भारतको हरियाणाबाट चोरी गरिएको २१ तोला सुनका गहना बरामद गर्न डुम्रे प्रहरी सफल भएको छ । नवलपरासी जिल्ला देउराली गाविस–४ स्थायी घर भई भारतको हरियाणामा चौकीदार काम गर्ने मानबहादुर विकले चोरी गरेर ल्याएको उक्त सुनका गरगहना डुम्रे बजारस्थित पोखरेली सुनचाँदी पसलका सञ्चालक राजेन्द्रकुमार सुनारलाई रु पाँच लाख ६८ हजारमा बिक्री गरेको र सो सुनको वर्तमान बजार मूल्य करिब रु १३ लाख रहेको तनहुँका प्रहरी प्रमुख देवीबहादुर बोहराले जानकारी दिए ।
भारतको हरियाणास्थित एक घरमा चौकीदार काम गर्दै आएका विकसहित तीन जनाले घरधनीलाई नसालु पदार्थ खुवाएर गरगहना लुटेको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए । पक्राउ परेका विक, पोखरेली सुनचाँदी पसलका सञ्चालक सुनार र गरगहनासहित नवलपरासी प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो