लङ्गुरबुर्जाका कारण दलित असुरक्षित

५ मंसिर २०६९, मंगलवार १२:०४ मा प्रकाशित

दमौली, ५ मङ्सिर । तनहुँको कोटदरबार–४ ज्यामिरेका आठ घर दलित परिवार शान्ति सुरक्षाको माग गर्दै सदरमुकाम दमौली आइपुगेका छन् ।
डोलराज नेपाली, रमेश ठडराई, मनबहादुर दस्तकार, वीरबहादुर दस्तकार, पूर्णबहादुर नेपाली, विशाल नेपाली, सेतु नेपालीलगायतका दलित परिवार सुरक्षाको माग गर्दै दमौली आएको नेपाल दलित सङ्घ तनहुँका अध्यक्ष अमृत नेपालीले बताउनुभयो ।
गत कात्तिक ३० गते तिहारको भाइटीकाको दिन लङ्गुरबुर्जाको विषयमा भएको विवादलाई लिएर सोही वडाका खुर्पाङ्दी अजवसेकका ५०/६० जना युवाले ज्यामिरेको दलित बस्तीमा आक्रमण गरी मनबहादुर दस्तकारलाई सख्त घाइते बनाएपछि गाउँले न्याय खोज्दै दमौली आएको बताइएको छ । आक्रमणकारीहरूले गाउँ नै सखाप पारिदिने धम्की दिएपछि बस्न सक्ने स्थिति नरहेको भन्दै उनीहरू प्रहरीको शरणमा आइपुगेका हुन् । उनीहरूले आक्रमणकारीलाई कडा कारबाही र घाइतेको उपचारको माग गरेका छन् । प्रहरी उपरीक्षक देवबहादुर बोहराले आक्रमणमा संलग्न चारजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार