प्रहरी हवल्दारद्वारा आत्महत्या

५ मंसिर २०६९, मंगलवार १२:०२ मा प्रकाशित

कञ्चनपुर, ५ मङ्सिर । तिहारको बिदामा डेरामा आएका सशस्त्र प्रहरीका हवल्दार मानसिंह ऐरीले आफ्नै कोठामा गत सोमबार राति आत्महत्या गरेका छन् ।
सुडा गाविसस्थित सिसैया बजार नजिकै डेरा गरी परिवारसहित बस्दै आएका कैलाली टीकापुरस्थित उग्रतारा गणमा कार्यरत सहस्त्र प्रहरी हवल्दार ऐरीले श्रीमतीसँगको सामान्य विवादमा आत्महत्या गरेको हुन सक्ने आङ्शका गरिए पनि आत्महत्याको कारण खुल्न नसकेको सुडा प्रहरी चौकीले जनाएको छ । हवल्दारले आत्महत्या गरेको कोठामा उनले एउटा कागजमा ‘मैले पाउने रकम मेरो श्रीमतीलाई दिइदिनू र कसैलाई केही नगनुू’ भनेर लेखेर छाडेको भेटिएको सुडा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुधा रानाले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि भीमदत्तनगरगरस्थित महाकाली अञ्चल अस्पताल लैजाने तयारी भइरहेको राससले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र