जबर्जस्ती यौन सम्पर्क राख्ने पक्राउ

५ मंसिर २०६९, मंगलवार १२:०० मा प्रकाशित

रौतहट, ५ मङ्सिर । युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । गत शनिबार साँझ चन्द्रनिगाहपुर गाविस वडा नं १ घर भएका २६ वर्षीय कृष्णबहादुर दर्लामीले महोत्तरी जिल्ला घर भएकी १९ वर्षीया एक युवतीसँग यौन सम्पर्क राखेको बताइएको छ । युवतीले आफूलाई जबर्जस्ती करणी गरेको किटानी जाहेरी दिएपछि दर्लामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक शेष अदालतले जानकारी दिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षणमा करणी गरेको पाइएको र पीडक युवकमाथि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने