बजेट आजै आउने अर्थमन्त्री पुनको दाबी

५ मंसिर २०६९, मंगलवार ११:५८ मा प्रकाशित

काठमाडौं, ५ काठमाडौं, । अर्थमन्त्री वर्षमान पुनले आजै बजेट आउने  दाबी गरेका छन् । आजै बजेट ल्याउनका लागि बजेट अध्यादेश पारित गर्न दिउँसो एक वजे मन्त्रीपरिषद् बैठक बस्ने बताए ।
मन्त्री पुनले दुई तिहाई बजेटमा मोटामोटी सहमति जुटिसकेको जानकारी गराए । बजेटका प्राविधिक विषयमा राष्ट्रपतिले आफ्ना सल्लाहकारहरुसित छलफल गरिरहेको पनि पुनले जानकारी दिए । मन्त्री पुनले सरकारले यसअघि एक तिहाई बजेट ल्याई सकेकाले दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले बाँकी दुई तिहाई बजेट पारित गर्ने र राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाइने जानकारी दिए । उनले पुरानै नीति तथा कार्यक्रमअनुसार बजेट आउने भएकाले यो बजेट आंशिक बजेट हुने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार