आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस, नेपालमा विविध कार्यक्रम गरेर मनाइँदै

५ मंसिर २०६९, मंगलवार ११:४२ मा प्रकाशित

काठमाडौ, ५ मंसिर । आज अन्तराष्ट्रिय बाल अधिकार दिवस विश्वभर भनाईदै । संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धी घोषणा गरेको दिनलाई स्मरण गर्दै यो दिवसलाई आजकै दिन विश्वभर अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइँदै छ ।
सन् १९८९ को नोभेम्वर २० तारिखका दिन संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको बालअधिकार महासन्धीलाई अहिले संसारका सबैजसो देशहरुले पूर्णरुपमा पालना गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गरेका छन् । झण्डै २ सय देशले बालअधिकार महासन्धीलाई राष्ट्रिय कानुनको रुपमा अंगिकार गरेका छन् भने नेपालमा भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।
बालबालिका आधारभुत आवश्यकता पुरा गर्ने वातावरण जसरी पनि बनाउनु पर्ने, शिक्ष, स्वास्थ्य जस्ता उनीहरुको विकासका लागि अवसर दिनुपर्ने लगाएतका व्यवस्थाहरु महासन्धीमा भएपनि नेपालमा पूर्णरुपमा कार्यान्वयन हुन सकिरहेको छैन।
कुल जनसंख्याको झण्डै ४८ प्रतिशत भाग ओगटेका नेपाली बालबालिकाहरु मध्ये आमबाबु नभई अनाथ अवस्थामा रहेका बालबालिकाको संख्या झण्डै दुई लाख रहेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ । अनाथ बालबालिकाहरुलाई १८ बर्षसम्म सामाजिक सुरक्षा अवधारणा अनुरुप मासिक रुपमा कम्तिमा पनि एक हजार रुपैयाँ भत्ताको व्यवस्था गर्न बालबालिकाका लागि कार्यरत गैरसरकारी संस्था महासंघले सरकारसँग माग गरेको छ ।
बाल्बालिका खोजतलास केन्द्रको तथ्याङक अनुसार नेपालमा दैनिक पाँच जना बालबालिका हराउने गरेका छन् । बालअधिकार दिवसका अवसरमा विभिन्न गैरसरकारी संस्थाहरुले औपचारिक कार्यक्रमहरुको आयोजना गरेका छन् भने सिविनले आजै आङ्खनो पच्चीसौ वाषिर्कोत्सव मनाउँदैछ

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार