आन्दोलनरत विपक्षी दलका नेताहरुले बजेट र आन्दोलनबारे सामूहिक धारणा सार्वजनिक गर्दै

५ मंसिर २०६९, मंगलवार ११:२२ मा प्रकाशित

काठमाडौं, ५ मंसिर । कांग्रेस एमालेलगायत विपक्षी दलहरुले सरकारले ल्याउन लागेको बजेट तथा आन्दोलनका बारेमा आज सामुहिक धारणा सार्वजनीक गर्ने भएका छन् । एमाओवादी नेतृत्वमा बनेको भट्टराई सरकारले राजिनामा दिनु पर्ने एक सुत्रिय माग राख्दै आएका विपक्षी १८ दलले बजेटबाट आफ्ना धारणा सार्वजनीक गर्न लागेका हुन् ।
एमालेका एक केन्द्रीय नेताका अनुसार आन्दोलनरत दलहरुले आज उद्योग, वाणिज्य, व्यवसायिक र आर्थिक क्षेत्रका अगुवा र विशेषज्ञहरुको उपस्थितिमा ुवर्तमान अर्थतन्त्र र बजेटका बारेमा प्रतिपक्षको दृष्टिकोण सार्वजनिक गर्ने छन् ।
उनीहरुले दिउँसो राष्ट्रिय सभागृहको हल, भृकुटीमण्डपमा एक कार्यक्रम गरी बजेटबारे आफ्नो धारणा सार्वजनीक गर्ने तयारी गरेका हुन् । कार्यक्रममा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरा, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उनीहरुले यसअघि नागरिक समाजका अगुवासँग विपक्षी आन्दोलनका बारेमा अन्तर्क्रिया गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

आजको प्रमुख समाचार