नेजाको दिपावली र छठ बिशेष चियापान कार्यक्रम सम्पन्न

५ मंसिर २०६९, मंगलवार ०९:२० मा प्रकाशित

न्युयोर्क । अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ नेजाले नेपालीका महत्वपुर्ण चाडपर्वहरु दशै, तिहार तथा छटको उपलक्ष्यमा पत्रकारहरुबीच शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । आईतबार दिउंसो न्युयोर्कको ज्याक्सनहाईटमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व क्षेत्रिय उपाध्याक्ष तथा महासंघ कास्की जिल्लाका सभापति बद्री विनोद प्रतिकको विशेष आतिथ्यमा गरिएको थियो । केहि दिन देखी अमेरिकाको भ्रमणमा रहनुभएका महासंघ कास्कीका सभापति प्रतिकले प्रवासमा आएर पनि नेपाली पत्रकारहरुले पत्रकारितालाई व्यवसायिकताको साथ आगाल्न थालेकोमा खुशि ब्यक्त गर्नुभयो ।अमेरिका आएको वितिकै नेपाली पत्रिकाहरु पढन पाउदा म आफुलाई नेपालमै छु जस्तो लाग्यो ’ प्रतिकले भन्नुभयो,‘ अमेरिकी पत्रकारिता क्षेत्रमा क्रियासिल पत्रकारहरुको साझा सस्था नेजाले अहिलेसम्म गरेको कार्य प्रसंसानिया भएकाले अझै पनि नेपालको पत्रकारिता क्षेत्रमा पनि सघाउ पुर्‍याउन आग्रह गर्दछु’ । कार्यक्रममा समाजसेवी प्राध्यापक डा तारा निरौलाले न्युयोर्कबाट सञ्चालित नेपाली मिडियाहरुले नेपाली समुदायको हितमा प्रत्यक्ष सघाउ पुर्‍याइरहेको उल्लेख गदै विगतमा तुलनामा मिडियाको गुणस्तर पनि वृद्धि भएको बताउनुभयो । कार्यक्रममा संचारकर्मी तथा अधिकारकर्मी शैलेश श्रेष्ठले बिदेशमा बसेर पत्रकारीता गर्नु आफैमा कठिन कार्य भएको बताउदै पत्राकारीता जगत्लाई थप ब्यवसायिक बनाउनु पर्नेमा सबैको ध्यान जानु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष आङछिरिङ शेर्पाले सधै कार्यक्रममा समाचार संकलनको क्रममा मात्रै व्यस्त हुने पत्रकारहरु वीच एक दिन थोरै समयको लागी मात्र भएपनि शुभकामना आदानप्रदानका लागी यो कार्यक्रम गरेको बताउनुभयो । अध्यक्ष शेर्पाले नेपाली पत्रकारहरुको हितमा नेजाले पत्रकार अक्षयकोष स्थापना गर्ने केही महिना अघि न्युयोर्कमा आयोजित नेजा नाइटबाट ३५ सय डलर संकलन भएको जानकारी दिदै अक्षयकोषको लागी थप सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा एभरेष्ट टाइम्सका सम्पादक विष्णु पौडेल, ह्वाइट हिमालका प्रधान सम्पादक तथा नेजाका महासचिव किशोर पन्थी, ह्वाईट हिमालकर्मी तथा नेजा मिडिया र्कोिर्डनेटर सुर्य थापा, युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर, प्रेस चौतारी डटकमका प्रधान सम्पादक प्रशान्न यालुङ राई, नेपाल फोटो न्युज डटकमका सञ्चालक अशोक पन्त, ह्वाइट हिमाल टिभिका क्यामेरामेन श्याम श्रेष्ठ, नेजाका सदस्य इण्दिरा चोङबाङ, नेजाका पुर्व सचिव चन्द खतिवडा, नेजाका पुर्व सदस्य अमित शाह, तथा सञ्चारकर्मिहरु विश्व शाह र कृष्ण प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।