भूपू नेपाल प्रहरी परिवार मंच बेलायतको तेश्रो वार्षिक अधिवेशन

५ मंसिर २०६९, मंगलवार ०८:११ मा प्रकाशित


पूर्व नेपाल प्रहरी परिवार मंच, बेलायतले १७ नोवेम्बर २०१२ का दिन Horsenden Hill Golf Club, Woodland Rise, तेश्रो वार्षिक अधिवेशन भव्यताको साथ संपन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक कोष राज वन्त तथा सशस्त्र प्रहरी परिवार महिला संघकि अध्यक्ष श्रीमती रमा राजभन्डारी वन्त , नेपाल बाट आउनु भयका बिशेष अतिथि भूपू प्र ना उ तथा नेपालपूर्व प्रहरी सगठनका केन्द्रिय सचिब गुन्ज मान राई, लगायत अन्य सामाजिक क्षेत्रमा सहयोग गर्नु हुने लब्ध प्रतिष्ठतव्यक्तित्व हरु र नेपाल प्रहरी का परिवार जन हरुको उपस्थिति थियो । सचिव धन बहादुर क्षेत्री ले संचालन गर्नु भयको उक्त कार्यक्रममा उपस्थित सबैलाई स्वागत भाषण गर्दै मंचका उपाध्यक्ष रामसुन्दर शाहले उपस्थित सबै अथिति एबम परिवार जान हरुमा स्वागत गर्नु भयो क्ष् सो कार्यक्रम मा सशस्त्र प्रहरी महानिरीक्षकले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनु हुदै नेपाल बाट धेरै टाढा प्रवासी भूमि बेलायत मा आफ्नो ब्यस्तताको बाबजुद पनि यसरी पूर्व नेपाल प्रहरी परिवार मंच गठन गरि सामाजिक सहयोग कार्यक्रम हरु, विशेष गरी नेपालमा कर्तव्यपालनको सिलसिलामा अपांग र घाईते पूर्व प्रहरीहरु र उनिहरुको परिवारको लागी अक्षय कोषको समेत स्थापना सहयोग हरु गरेको देख्दा आफुलाई धेरै खुसी लागेको र आगामी दिनमा सशत्र प्रहरी ले पनि यस्तोखालको सामाजिक कार्यक्रम को लागी नेपालमा पूर्व नेपाल प्रहरी परिवार मंच बेलायत लाई सक्दो सहयोग गर्न तयार रहेको र अझै यस्ता खालको सामाजिक काम हरुको अपेक्षा समेत राखेको छौ भन्दै पूर्व नेपाल प्रहरी परिवार मंचबेलायत को मुक्तकंठ ले प्रशंसा गर्नुभएको थियो । कार्यक्रम को सफलता र नया कार्यसमिति चयन को लागी भूपु प्रहरी महानिरीक्षक तथा भूपु नेपाल प्रहरी संगठन का अध्यक्ष डीबी लामा ले नेपाल प्रहरी परिवार मंच बेलायत लाई पठाउनुभयको विशेष शुभकामना पत्र उक्त कार्यक्रमका विशेष अतिथि गुन्ज मान राई ले वाचन गरि सुनाउनु भयको थियो ।वर्दी को नाता ले प्रवासमा बस्ता समेत भूपु सहकर्मी साथिहरुको लागी यसरी आफुले बचायको रकम को केही हिस्सा भागलगायर नेपालमा घाईते र अपांग प्रहरी हरुको लागी सहयोग गरेको देख्दा अत्यन्त खुसी लागेको छ भन्नु हुदै भाबुकहुनुभयको थियो । सोहि सिलसिलामा नेपाल पुर्ब प्रहरी संगठन, नेपाल का केन्द्रीय सचिब गुन्जमान राइले परदेस मा पनि यसरि संगठित भै पारिवारिक रुपमा सहकार्य गरेको देख्न पाउनु एउटा गौरव महशुस गरेको र आगामी दिनमा नेपाल पुर्ब प्रहरी संगठनसंग को सहकार्यको अपेक्षा पनि गर्नु भयो । पुर्ब नेपाल प्रहरी परिवार मंच, बेलायतका अध्यक्ष शिवजी श्रेष्ठले अध्यक्षको आसन बाट बोल्नु हुदै नेपालका दुइवटा प्रहरी संगठनले गरेका राम्रा नराम्रा कार्यको असर यस मंचका सदस्यहरुलाई पनि पर्ने हुदा सधै राम्रा कार्यको अपेक्षा मंच ले राखेको पनि बताउनुभयो । सो अधिबेशन तीन सत्रमा चलेको थियो । कार्यक्रमको दोश्रो सत्रमा मंचका कोषाध्यक्ष जीव नारायण बेलबासेले हालसम्म का आय व्यय प्रस्तुत गर्नु भएको थियो भने सचिब धन बहादुर क्षेत्रीले मंचको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो, ति दुवै प्रतिबेदनलाई भेलाले सर्बसम्मतिले पास गरेपछि मंचको बिधान सम्बन्धि छलफल पश्चात पुर्ब प्र ना नि हरि सिंह गुरुङ को संयोजकत्वमा पाच सदस्यीय बिधान समिति गठन गरिको थियो । तत्पश्चात मंचका अध्यक्षले नया कार्यसमितिको गठन हेतुले मौजुदा कार्यसमिति बिघटन गरि बिशेष अतिथि नेपाल पुर्ब प्रहरी संगठनका केन्द्रीय सचिब गुन्जमान राइको संयोजकत्वमा सल्लाहकार हरिसिंह थापा, तथा परिवारको तर्फबाट मंजु शाह रहेको ३ सदस्यीय निर्वाचन मण्डल घोषणा गर्नु भयो । सो निर्वाचन मण्डल ले शिवजी श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको घोषणा गर्नु भयो । सो समितिका अन्य पदाधिकारी हरुमा उपाध्यक्ष रामसुन्दर शाह, माणिकला राइ गुरुङ, सचिब धन क्षेत्री, सह(सचिब नारायण बहादुर अधिकारी , कोषाध्यक्ष जीव नारायण बेलाबासे, सह(कोशाद्यक्ष धुर्बहरी बास्कोटा तथा सदस्यहरुमा गंगा अधिकारी, केदार थपलिया ,चुन्नु दर्लामी, गायत्री श्रेष्ठ, निजाम राइ सुनुवार, इन्द्र कार्की , रामकृष्ण सिटौला, महेन्द्र कुँवर , बम जिरेल, लारा राइ, शिबशरण गुरुङ, सनद कुमार गुरुङ रहेका छन् । कार्यक्रमको तेश्रो सत्रमा सांस्कृतिक कार्यक्रम पश्चात अधिबेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार