एमाओवादी देश टुक्राउने संविधान ल्याउन चाहन्छ : डा. महत

५ मंसिर २०६९, मंगलवार ०८:०३ मा प्रकाशित

काठमाडौं, ५ मङ्सिर । बहुलवादलाई आत्मसात नगर्ने र देश टुक्राउने बाटोमा एनेकपा माओवादी लागेको कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले बताउनुभएको छ । एनेकपा माओवादी संविधान बनाउने पक्षमा नरहेको प्रष्ट पार्दै नेता डा.महतले अहिलेसम्म भएका सहमतीलाई समेटेर संविधान जारी गर्न एकीकृत माओवादी नमानेको जानकारी दिनुभयो । माओवादीले एकतन्त्रीय निरङ्कुश सासन चलाउने र देश टुक्राउने संविधान ल्याउन लागेको आरोप लगाउँदै अन्य दलहरुले त्यस्तो खाले सासन र संविधानको विरोध गरेका स्पष्ट पार्नुभयो ।
९७ औं गणेशमानसिंहको जन्मजयन्तीको सन्दर्भ पारेर काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता डा. महतले एनेकपा माओवादीले जनताको सर्वशक्तिमान थलो संसदलाई रणनीतिक रुपमा प्रयोग गरी सत्ता कब्जा गर्न खोजेको आरोप लगाउनु भयो । नेता डा. महतले भन्नुभयो, ‘संविधान सभामा नेपाली काँग्रेसको दोष छैन, एनेकपा माओवादीले संसदलाई रणनीतिक रुपमा लिएर सत्ता कब्जा तथा देश टुक्राउने संविधान बनाउने र बहुलवादलाई आत्मसात नगर्ने बाटोमा लागेको छ ।’ अन्तरिम संविधानको धारा ६४ लागु गरौं भन्दा माओवादीले नमानेको जिकिर गर्दै संसद नभएपछि निरङ्कुश सासन चलाउन माओवादी लागिपरेको जानकारी दिनु भयो ।
गणेशमान सिंह त्यागी नेता भएको बताउँदै डा.महतले भन्नु भयो ‘गणेशमानजी’ ले प्रधानमन्त्रीको पद पाउँदा समेत लिन मान्नु भएन । नेपाली काँग्रेसका नेता तथा कार्यकता त्यस्तै त्यागी हुनुपर्ने उल्लेखगर्दै लामो त्याग र तपस्याले नेपाली काँग्रेसको जनस्तरमा बलियो पकड रहेको र अन्तराष्ट्रिय छवि समेत राम्रो रहेको उल्लेख गर्नु भयो । काँग्रेसको इतिहासलाई बचाउने हो भने त्याग र तपस्याको खाँचो रहेको प्रष्ट पार्दै डा.महतले नेता तथा कार्यकता सबैले पार्टीप्रति वलिदान,त्याग र तपस्या गर्नुपर्ने खाँचो रहेको औंल्याउनु भयो । माहात्मा गान्धी र नेहरु जस्ता नेताको प्रभावमा हुर्केकाबम नेपाली काँग्रेसका नेताहरु वी.पी.कोइराला,सुवर्ण शम्शेर जस्ता महान विद्वानहरुको पार्टी नेपाली काँग्रेस भएको बताउनु भयो ।
का.म.न.पा. वडा नं.६ का इकाई सभापति अनमोल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.महतले अन्तराष्ट्रिय राजनीतिमा नेपालको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने, अर्का नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले संघीय गणतान्त्रिक लोकतन्त्रका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा चक्र बहादुर ठकुरी, भीमसेनदास प्रधान, नेपाल महिला संघका अध्यक्ष अम्बिका बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरुले आ–आफ्नो बिचार राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१