अमेरिकाको न्यू मेक्सिकोमा नेपालीहरुको चौथो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

१० चैत्र २०६८, शुक्रबार १८:४५ मा प्रकाशित

बिष्णु ढकाल, न्यू मेक्सिको: अमेरिकाको न्यू मेक्सिको राज्य स्थित न्यू मेक्सिको स्टेट युनिभर्सिटीमा रहेको नेपाली विद्यार्थीहरुको संस्था नेपलिज स्टुडेन्टस एसोसिएशनको आयोजनामा हालै नेपाल विषयक चौथो अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । “Global Expertise and Commitment for a Prosperous Nepal ” विषयक उक्त सम्मेलनमा अमेरिकाको न्यू मेक्सिको, टेक्सास, एरिजोना स्टेटमा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली युवा बैज्ञानीक लुजेन्द्र ओझा, नेपाल विद्यार्थी सँघका पूर्व अध्यक्ष कल्याण गुरुङ र एरिजोना स्टेट युनिभर्सिटीका नेपाली प्राध्यापक डा. नेत्र छेत्री लगायत अन्य थुप्रै ब्यक्तित्वहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । मंगल् ग्रहमा पानीको अवशेसको बिषयमा नेपाली युवा बैज्ञानीक ओझा द्वारा प्रस्तुत आफ्नो कार्यपत्र कार्यक्रमको प्रमुख आकर्षण थियो भने विद्यार्थी नेता गुरुङले नेपालको समसामयिक राजनीति मुख्यगरी संघीयताको सबालमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक क्षेत्रीले मौशम परिवर्तन, नेपालमा त्यस्को असर र त्यो सँग कसरी जुध्न सकिन्छ भन्ने बारेमा आफ्नो अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
आयोजक संस्थाका सल्लाहाकार प्राध्यापक डा. राम आचार्यको स्वागत मन्तब्य संगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बिष्णु ढकालले कार्यक्रमको महत्व र प्रभावको बारेमा प्रकाश पार्दै कार्यक्रम नेपालको हीतमा फलदायी हुने धारणा ब्यक्त गर्नु भएको थियो। सन्तोष दुलालले संचालन गर्नु भएको उक्त कार्यक्रमको अन्त्यमा प्राध्यापक डा. अनुप अमात्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद