प्रहरीद्धारा २९० लिटर घरेलु मदिरा नष्ट

५ मंसिर २०६९, मंगलवार ०७:५३ मा प्रकाशित

रुपन्देही, ५ मंसिर । ईलाका प्रहरी कार्यालय कृष्णानगर कपिलवस्तुले विभिन्न समयमा पक्राउ गरेको २ सय ९० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ भने २ सय ८२ वोत्तल सौँफी कृष्णनगर भन्सार कार्यालयमा वुझाएको छ । नष्ट गरिएको घरेलु मदिरा २३ हजार २ सय रुपैयाँ र सौँफी ६ हजार वराबरको रहेको छ । प्रहरी निरीक्षक डम्मरवहादुर केसीको रोहबर र कृष्णानगर उद्योग वाणिज्य संघ , व्यापार संघ कृष्णानगर लगायतका प्रतिनिधीहरुको उपस्थितीमा मदिरा नष्ट गरिएको हो ।

कपिलवस्तु जिल्लाको गाउँ गाउँमा चिया पसल खोज्दा मुस्किलैले भेटिने गरेको तर घरेलु मदिरा गाउँ गाउँमा खुलेयाम रुपमा विक्री भईरहदा समेत नियन्त्रणका लागि प्रहरीले कुनै पनि कदम नचलाएको स्थानिय वासिन्दाहरुकले गुनासो गरेका छन । साथै प्रहरीकै लापरवाहीका कारण विभिन्न गाउँमा घरेलु मदिरा उत्पादन गर्ने भटटी पनि सञ्चालनमा रहेको उनिहरुको गुनासो थियो ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार