औपचारिक प्रक्रियामा प्रवेश गर्ने राष्ट्रपतिको तयारी, दलहरु र राष्ट्रपतिबीच दूरी बढ्ने सम्भावना

५ मंसिर २०६९, मंगलवार ०७:४१ मा प्रकाशित

काठमाडौं, ५ मंसिर । लामो समयदेखि राष्ट्रपतिले कुनै कदम चाल्ने हुन् वा होइनन् भनी गरिएका अडकलवाजीले अझै विश्राम पाएका छैनन् । यही साताको अन्त्यसम्ममा कुनै सहमति नभए राक्ष्ट्रपतिले आफै कुनै राजनीतिक कदम चाल्न लागेको भन्ने समाचारहरुको प्रधानमन्त्री बाबुराम भट्टराईले भने सोमबार खण्डन गरेका छन् । दलहरुको सहमतिबेगर आफूले कुनै कदम नचाल्ने राष्ट्रपतिले आफूसँग बताएको सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीले दाबी गरे । ७ गतेभित्र सहमति गर्नु नभए म आफैं केही कदम चाल्नेछ् भनी राष्ट्रपतिले समय–सीमा तोकेको भनी प्रकाशित समाचारहरु सत्य नभएको भनी राष्ट्रपति स्वयम्ले आफूसँग स्पष्ट पार्नुभएको प्रधानमन्त्रीको कथन छ ।
गत जेठ २४ को मध्यरातमा नयाँ चुनावका लागि भनी प्रधानमन्त्रीले मंसिर ७ को मिति तोकेका थिए । सो मिति त्यसै गुज्रन लागेको भन्दै विपक्षी दलका नेताहरुले पटक–पटक राष्ट्रपतिलाई गुहारेका छन् । उक्त मितिलाई लिएर हालसम्म कुनै समय–सीमा नतोकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले पनि प्रस्ट्याए । ‘राष्ट्रपतिले कुनै डेडलाईन दिनुभएको होइन, म्याद तोकेको पनि होइन, तर मंसिर ७ सम्म पनि कुनै सहमति जुटाउन दलहरु विफल रहेको खण्डमा भने राष्ट्रपति फरक ढंगले अघि बढ्ने मानसिकतामा पुग्नुभएकोचाहिँ हो’, सल्लाहकार दाहालको भनाई छ ।
गएको साँढे पाँच महिनाको सहमतिको प्रयास र घच्घच्याईको अनर्गल श्रृंखलाले कुनै नतिजा नदिए औपचारिक आग्रह गर्ने राष्ट्रपतिको तयारी रहेको दाहालले बताए । अब यसपछिको राष्ट्रपति कदम दलहरुका लागि त्यति सहज नहुन सक्छ, किनभने औपचारिक प्रक्रियामा प्रवेश गरिसकेपछि त त्यो एउटा टुंगो पुग्नैपर्ने हुन्छ । अनौपचारिक छलफलमा उपलब्ध हुने सुविधाहरु औपचारिक प्रक्रियामा पक्कै उपलब्ध हुन सक्दैनन् । औपचारिक प्रक्रियामा गएपछि राष्ट्रपतिले मिति पनि तोक्नुपर्ने हुन्छ । यसरी औपचारिक प्रक्रियामा जाने बारेमा राष्ट्रपतिले दलका नेताहरुलाई स्पष्ट संकेत पनि दिइसक्नुभएको बुझिन्छ । यसका बावजुद सहमतिको सवालमा दलहरु भने अझै कोसौँ टाढा नै देखिएका छन् । यसले एकतिर राष्ट्रपति र दलहरुबीच मतभेद र दूरी बढाउने सम्भावना तिब्र बन्न पुगेको छ भने अन्योलताको शिकार बनेको नेपाली राजनीति मुठभेडतिर अग्रसर हुने सम्भावना पनि उत्तिकै बढाएको अनुभूति गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१