भिजिट भिसामा विदेशिन लागेका नौं जनालाई अध्यागमनले रोक्यो

३० फाल्गुन २०७८, सोमबार १४:२४ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिट भिसामा भारत र दुबई हिंडेका नौं जनालाई ‘शंकास्पद यात्रा’ भन्दै फर्काएको छ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले ‘शंकास्पद यात्रा’ भन्दै उनीहरुलाई प्रस्थान अनुमति नदिएको हो । उनीहरु आइतबार भारत र दुबई जाने तयारीमा थिए ।

गृह मन्त्रालयले भिजिट भिसामा कडाई गरेपछि मानव तस्करहरुले नयाँ रुट खोज्न थालेका छन् । तस्करले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरुलाई लैजान थालेपछि गृह मन्त्रालयले कडाई गर्न थालेको हो । अध्यागमनका अधिकारीले शंकास्पद कसैलाई पनि प्रस्थान अनुमति दिएका छैनन् ।

फिर्ता हुनेमा स्याङ्जाका समिर बक्स मिया, रुपेन्द्रीका अर्वीन भुजेल, इलामका प्रमेश मगर, रुकुम पश्चिमका प्रकाश मल्ल, झापाका दिलीप साह तेली,गोरखाका भुजजंग गुरुङ र सुशिल गुरुङ,रुकुमका हर्कबहादुर रोका र झापाका फूलमाया हेमराम हुन् ।

उनीहरुमध्ये ८ जना दुबई र एक जना भारत जान लागेका थिए । भारत जानेमा झापाका फूलमाया हेमराम हुन् । उनको भारत भ्रमण शंकास्पद देखिएपछि प्रस्थान अनुमति नदिएको अध्यागमनले जनाएको छ । यस्तै दुबईमा आफन्त कोही नभएको पत्ता लागेपछि रुपन्देहीका अरवीन भुजेलले प्रस्थान अनुमति पाएनन् ।

उनीहरुले अध्यागमनका अधिकारी समक्ष यात्राको पुष्टि गर्न सकेनन् । गृह मन्त्रालयको मापदण्ड अनुसारको कागजात अध्यागमनका अधिकारी समक्ष बुझाउन नसकेपछि ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिएको हो । भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्‍याएका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गरेको छ । अध्यागमन विभागले शंकास्पद भ्रमण रद्द गरी अफलोड गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही