शिक्षा कार्यालय मुस्ताङलाई दिएको गाडी बिचमै गाएब

५ मंसिर २०६९, मंगलवार ०७:१८ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, जोमसोम (मुस्ताङ), ५ मङ्सिर । जिल्ला शिक्षा कार्यालय मुस्ताङलाई भनि पठाइएको गाडी बिचैमा गाएव भएको छ । जिल्ला शिक्षा कार्यालय मुस्ताङलाई भनि ११ बटा टाटा सुमो गाडी मध्ये एक मन्त्रालयले पठाए पनि क्षत्रिय शिक्षा निर्देशनालय पोखराबाट गाडी कहापुग्यो पत्तो नभएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ । गाडीको आवश्यकता महशुस गरि मन्त्रालयमा बारम्वार पत्राचार गरे पछि क्षत्रिय कार्यालय मार्फत गाडी पठाइए पनि अहिले गाडी नै नदिएको हटरुममा बसेका कार्यालयका प्राय कर्मचारीले एकै स्वरमा बताउनु भयो । छुसाङ देखि तल मुस्ताङका १० गाबिसमा रहेका अधिकासं बिद्यालयमा सवारी साधन पुग्ने भएपनि सवारी साधनको अभाबमा बिद्यालय निरिक्षण गर्न समस्या भएको कार्यालयको दावी छ । उपल्लो मुस्ताङमा समेत हिउदका बेला सवारी साधन भए जान सकिने बताउदै गाडीको माग गदै बारम्वार पत्राचार गरि पठाएको भनेपनी मन्त्रालयले दिने भनेको गाडी समेत केहिसमय पहिले बाटो बिग्रेका बेला पोखरामै गाएब बनाइएको कार्यालयका कर्मचारी बताउछन । जिल्ला शिक्षा कार्यालय मुस्ताङका एक कर्मचारीले नाम नलेख्ने सर्तमा भने, ‘बेनी जोमसोम सडक खण्डको भिरकाटेमा गएको पहिरोका कारण ३ महिना अगाडी सम्म गाडि बुझिएन अहिले क्षत्रीय निर्दशनालयले दिदैन ।’ गाडिका बिषयमा बिभागका महानिर्देशक महाश्रम शर्माले टेलिफोन सम्पर्कमा भन्नुभयो ‘हामीले क्षेत्रिय शिक्षा निर्देशनालय मार्फत ११ बटा गाडी जिल्ला जिल्लामा बुझाउन पठाएका हौ । कुन गाडि कुन जिल्लालाई दिने उहाहरुले नै निर्णय गर्नु हन्छ ।’काम कै शिलशिलामा पाल्पा पुगेका क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका निर्देशक बिष्णु बहादुर द्धारेले टेलिफोन सम्पर्कमा भन्नुभयो, ‘मुस्ताङका लागि अहीले सम्म गाडिको माग भएको पनि छैन, पठाइएको पनि छैन, आउदा दिनमा आवश्यकता परे मन्त्रालयसग माग गरेर पठाउनेछौ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही