शीर्ष नेताहरुको अडान कायमै, तीन दलको बैठक विना निष्कर्ष सकियो

४ मंसिर २०६९, सोमबार २१:३५ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । राजनीतिक गतिरोध अत्यका लागि भन्दै कांग्रेस सभापति शुशिल कोइलालाको निवास महाराजगञ्जमा बसेको शीर्ष तीन दलको बैठक विना निष्कर्ष सकिएको छ ।
बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको सहभागिता थियो । बैठकमा सहभागि तीनवटै टलका शीर्ष नेताहरुले आआफ्नै अडानमा दोर्याएकाले सहमति नभएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकपछि एमाले नेता झलनाथ खनालले सबै विषयमा छलफल भएपनि ठोस निष्कर्षमा नपुगेको बताए ।
उनले अहिले राष्ट्रिय सहमतिको सरकार गठन गरेर मात्रै अरु विषयमा सहमति हुने बताए । कांग्रेस सभापति सुशिल कोइरालाले अहिले तत्कालै सहमतिको खाँचो भएपनि सहमतिमा पुग्न नसकेको बताए । यसअघि बिहान शितल निवासमा राष्ट्रपतिसँग भएको भेटमा दलहरु नयाँ सरकार गठन गर्न सहमत भएपनि सरकारको नेतृत्वबारे आआफ्नो दावी नछाडेकाले कुनै निर्णय हुन सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१