राष्ट्रपनिले कुनै समयसीमा तोक्नु भएको छैनः राष्ट्रपतिका प्रेस सल्लाहाकार दाहाल

४ मंसिर २०६९, सोमबार १९:१५ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । राष्ट्रपति डा रामबरण यादवका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई मंसिर ७ को समयसीमा नतोकेको बताएका छन् ।
मंसिर ७ गते सरकारले घोषणा गरेको निर्वाचनको मिति भएकाले राष्ट्रपति यादवले त्यसअघि नै सहमति गर्न मात्र आग्रह गर्नु भएको हो, प्रेस सल्लाहकार दाहालले भने, ‘उहाँले कुनै समयसीमा तोक्नु भएको छैन ।’ दाहालका अनुसार मंसिर ७ लाई राष्ट्रपतिले रिफ्रेन्स डेटका रुपमा लिएका हुन । छलफलमा प्रमुख दलका शीर्ष नेताहरुले भने सरकारले घोषणा गरेको निर्वाचनको समय सकिने अघि नै सहमति गर्ने प्रतिवद्धता जनाएको दाहालले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि राष्ट्रपतिले सहमतिका लागि आग्रह गरेको तर, समयसीमा नतोकेको स्पष्ट पारेका छन् । प्रमुख चार दल र राष्ट्रपतिसँगको छलफलपछि सरकारका उपप्रधानमन्त्रीसमेत रहेका विजयकुमार गच्छदारले भने राष्ट्रपतिले मंसिर ७ को समयसीमा दिएको जानकारी गराएका थिए । प्रेस सल्लाहकार दाहालले मंसिर ७ पछि राष्ट्रपतिले थप कदम चाल्दै सरकार गठनका लागि आहृवान नगर्ने पनि स्पष्ट पारे । ‘मंसिर ७ गतेपछि नयाँ कदम चाल्ने, सरकार बनाउन आहृवान गर्ने भन्ने हल्ला मात्र हुन्’ दाहालले थपे, ‘अहिले नेताहरुलाई भेटेर आग्रह गर्दै आउनुभएको छ, मंसिर ७ पछि औपचारिक रुपमा नै सहमति गर्न आहृवान गर्नुपर्ने हुनसक्छ भन्ने हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले