‘विपक्षीको आन्दोलनलाई जनताले साथ दिँदैनन्’

४ मंसिर २०६९, सोमबार १६:३० मा प्रकाशित

काभ्रे, ४ मंसिर । एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विपक्षीको आन्दोलनलाई जनताले साथ नदिने दावी गरेका छन् । आज काभ्रेको पनौतीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । विपक्षी दलका नेताहरुले आन्दोलनको नाममा हल्ला मात्र गरी रहेका छन्, उनले भने, ‘हल्लाले मात्र आन्दोलन हुने भए, किन जनसहभागिता चाहिन्थो ।’
उनले विपक्षीले गर्ने भनिएको आन्दोलन हल्ला मात्रै भइको पनि प्रतिक्रिय दिए । सापकोटाले भने ‘विपक्षी दलका नेताहरु आन्दोलनको हल्ला मच्चाएर राष्ट्रपतिलाई उक्साई सत्ता लिन चाहन्छन, त्यो सफल हुन सक्तैन ।’ उनले आन्दोलनको हल्ला मच्चाउन छोडेर वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न विपक्षी दलका नेताहरुलाई आग्रह समेत गरे ।
बाबुराम भट्टराईको सरकार संसदले बहुमतले चुनेको हुँदा संविधान सभा विघटनपछि पनि त्यो सरकार वैध र संवैधानिक भएको उनको जिकिर थियो । ‘यो सरकार बहुमतले चुनेको सरकार हो’ कोकिदै उनले भने, ‘त्यसैले बहुमतको सरकारलाई हटाउने अधिकार कसैलाई पनि छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार