सहमतिको मिति तोक्ने अधिकार राष्ट्रपतिलाई नभएको शेरचनको दावी

४ मंसिर २०६९, सोमबार १६:१२ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । एकीकृत माओवादीका नेता अमिक शेरचनले सहमतिको मिति तोक्ने अधिकार राष्ट्रपतिलाई नभएको दावी गरेका छन् । उनले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने बैधानिक हैसियत नराख्ने जिकीर समेत गरे ।
‘राष्ट्रपतिलाई सरकार हटाउने र नयाँ सरकार गठनका लागि आह्वान गर्ने संबैधानिक हैसियत छैन,’ उनले राजधानीमा आज आयोजित कार्यक्रममा भने ‘संबैधानिक व्यवस्थाविपरित राष्ट्रपति गए मुलुक संकटमा फस्छ ।’ राष्ट्रपति अरु दलको उस्काहटमा लागे अस्थिरता र अन्यौलता बढ्ने उनको भनाई थियो । ‘राष्ट्रपतिले सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्छ,’ उनले थपे, ‘सरकार निर्माण जनप्रतिनिधिले मात्र गर्न सक्छन्, राष्ट्रपतिले होइन ।’
विपक्षी दलहरुको आन्दोलनले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारको आयू बढ्ने नेता शेरचनको कथन थियो । उनले आन्दोलनले सरकारलाई कुनै प्रभाव नपर्ने दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना