राष्ट्रपतिले ठिक गरेः विपक्षी दलका साना नेता

४ मंसिर २०६९, सोमबार १६:०० मा प्रकाशित

काठमाडौं, ४ मंसिर । राष्ट्रपति डा.रामवरण यादवबाट प्रमुख दलका शीर्ष नेतालाई मंसिर–७ गतेसम्म सहमतिका लागि समय सिमा तोकेर ठिक गरेको विपक्षी दलका नेताहरुले बताएका छन् ।
उनीहरुले राष्ट्रपति डा.यादवको अल्टिमेटमलाई ढिलै भए पनि सहि कदम भएको संज्ञा दि‘दै यसले गतिरोध अन्त्य हुने विश्वस गरेका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरम नेपालका नेताहरुले यस्तो बताएका हुन ।
एमाले सचिव शंकर पोखरेलले जेठ १४ पछि नै चाल्नु पर्ने कदम राष्ट्रपतिले अहिले चाल्न लागेको भन्दै ढिलै भए पनि सहि निर्णय भएको बताए । उनले भने, ‘राष्ट्रपतिले सहमतिको सरकार बनाउन आब्हान गर्नु पर्छ ।’ कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मुलुक अराजकता र संकटमा परेका बेला राष्ट्रपति मुकदर्शक बनेर बस्न नहुने बताए । उनले भने, ‘राष्ट्रपतिले निकासका लागि ईमरजेन्सी लाईटको भूमिका निर्वाह गर्नु पर्छ ।’ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई आन्दोलनबाट घोक्रेठ्याक लगाउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण