खनाल भन्छन् विपक्षीको बटम लाइन सहमतिको सरकार हो

४ मंसिर २०६९, सोमबार १५:५५ मा प्रकाशित

काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी अनेकौ बहानामा वर्तमान सरकारलाई नै निरन्तरता दिएर अधिनायकबाद लाद्ने षड्यन्त्रमा लागि  परेको आरोप लगाएका छन् । उनले माओवादीले चुनाव नचाहेको पनि दावी गरेका छन् ।
पार्टी कार्यालय बल्खुमा भएको पूर्व केन्द्रीय सदस्य डिल्लीबहादुर महतको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष खनालले भने, ‘एमाओवादीसंग ताज र नयाँ जनादेशमा जाने आँट नभएकाले अनेक बहाना बनाएर सत्ताको आयु लम्बाउन खोजि रहेको छ ।’ उनले राष्ट्रिय सहमतिको नया सरकार नबनेसम्म कुनैपनि हालतमा सहमति हुन नसक्ने पनि स्पष्ट पारे ।
कांग्रेस एमालेलगायत दलको बटमलाइन भनेकै नयाँ र सहमतिको सरकार भएकाले यो सरकार हुदासम्म कुनैपनि सहमति हुन सक्दैन उनले थपे । अहिलेको सरकार निहित स्वार्थका लागि बनेको गठबन्धन भएकाले यो सरकारले चुनाव गराउनै नसक्ने पनि खनालको जिकिर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार